Logo

Student Corner

सामाजिक सञ्जालका साइटहरू र यिनबाट बालबालिकामा परेका प्रभावहरू

Written by: Jubin Maharjan - 22026, Grade XII

Posted on: 24 December, 2021

सामाजिक सञ्जालका साइटहरू यस्ता ठाउँ हुन्, जहाँ मानिसहरू अन्य मानिसहरूसँग सामाजिक रूपमा जाेडिन सक्छन् । यहाँ मानिसहरूले आफ्ना रुचि, गतिविधिहरू, तस्बिरहरू वा आफ्नो जीविका साझा गर्न सक्छन् । हामीले यी सामाजिक सञ्जालहरू हाम्रा मोबाइल, ल्यापटप, कम्प्युटर आदिबाट प्रयोग गर्न सक्छौँ । सामाजिक सञ्जालका केही उदाहरणहरू फेसबुक, इन्स्टाग्राम, टिकटक आदि हुन् । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढ्दै गएको छ । लगभग हरेक व्यक्तिले कम्तीमा एक सामाजिक सञ्जालकाे साइट प्रयोग गरेको छ । 

आजकल हामी देख्न सक्छौँ कि कानुनी रूपमा उमेर नपुगेका बच्चाहरूले पनि यी साइटहरू प्रयोग गरिरहेका छन् । सामाजिक सञ्जालले बच्चाको मानसिक स्वास्थ्यमा फरक फरक प्रभाव पार्न सक्छ । सामाजिक सञ्जालका साइटहरूमा राम्रो र खराब दुवै सामग्री हुन सक्छन् तर साना बच्चाहरूले तिनीहरूबिचको भिन्नता बताउन सक्दैनन् त्यसैले यो तिनीहरूका लागि खतरनाक हुन सक्छ । बालबालिकाहरूमा सामाजिक साइटहरूको नकारात्मक प्रभावका केही उदाहरणहरू छन् । बच्चाहरू साइटहरूको लतमा पर्छन्, उनीहरूले हेर्ने र सिकेका सामग्रीले उनीहरूको बढ्दो मस्तिष्कमा प्रभाव पार्न सक्छन् । सामाजिक साइटहरूमा धेरै बालबालिकाहरू हिंसात्मक वा यौन सामग्रीको सम्पर्कमा छन्  । यसले बच्चाको मानसिक स्वास्थ्य, आत्मसम्मान आदिमा नकारात्मक असर पार्न सक्छ । सामाजिक साइटहरूमा धेरै बच्चाहरू साइबर बुलिङको सिकार पनि हुन सक्छन् । सामाजिक साइटहरूमा केही अपराधीहरूले बच्चाहरूलाई पनि लक्षित गर्छन् र उनीहरूलाई उनीहरूका व्यक्तिगत जानकारीहरू, जस्तैः फोन नम्बर, ठेगानाहरू आदि साझा गर्न लगाउँछन्, जुन बच्चाका लागि खतरापूर्ण हुन सक्छ । 

यी सबै समस्या आमाबाबुको सरल निगरानीद्वारा सजिलै समाधान गर्न सकिन्छ । अभिभावकहरूले आफ्ना बच्चाहरूलाई कुनै उचित दिशानिर्देशबिना सामाजिक साइटहरूमा छोड्नु हुँदैन । यदि बच्चाहरू जवान छन् भने आमाबाबुले आफ्ना बच्चाहरूले साइटहरूमा के गर्दै छन्, तिनीहरू साइटमा कोसँग कुरा गर्दै छन् वा उनीहरूले ती साइटहरू कति समयसम्म प्रयोग गरिरहेका छन् भन्ने कुरा थाहा हुनुपर्छ ।