Logo

Student Corner

भौतिक कक्षाको पढाइ

Written by: Kriti Nepal - 24010, Grade X

Posted on: 24 December, 2021

विश्वभर फैलिएको कोरोनाको कारण विद्यालयलगायत सम्पूर्ण क्षेत्र ठप्प भए । हामी पनि अनलाइन कक्षा लिन बाध्य भयौँ  । जब विद्यालय खुल्यो तब हामी भौतिक कक्षा लिन  विद्यालय आयौँ। धेरै समयपछि  विद्यालय आउँदा निकै रमाइलो भयो। साथीहरूसँग भेट भयो अनि  विद्यालयका शिक्षकहरूसँग पनि प्रत्यक्ष भेट भयो। एक कोहोरो घरमा बसेर पढ्दा  दिक्क लागेको थियो।  जब   विद्यालयलमा हामी भौतिक कक्षा लिन थाल्यौँ । 
अहिले विद्यालयमा भौतिक कक्षा हुँदा पढाइको चाप बढ्दो छ । अनलाइन कक्षा हुँदा तीन ,चार ओटा कक्षा मात्र हुन्थे। अहिले दैनिक सातआठ ओटा कक्षाहरू भइरहेका छन् । अनलाइन कक्षामा शिक्षकहरूलाई प्रश्न सोध्दा पनि राम्ररी नबुझिने र सोध्न पनि धक लाग्थ्यो ।  आफूले जाने बुझेका कुराहरू साथीहरूसँग सोध्न र बुझाउन पनि धेरै सजिलो भएको छ। भौतिक कक्षामा अनलाइन कक्षामा जस्तो इन्टरनेट तथा मोबाइल र ल्यापटप पनि नचाहिने हुनाले धेरै सजिलो भएको छ ।  हुनत अहिलेसम्म पनि कोरोना हराएको छैन । भौतिक कक्षा हुँदा कोरोना लाग्ने डर पनि त्यतिकै छ । 
नेपाल सरकारले अहिले १२ बर्षमाथिका सबैलाई खोप दिने निर्यण गरिसकेको छ। १२ वर्ष उमेर पुगिसकेकाले खोप लगाउन थालिससकेका छन् । अमेरिका, क्यानाडा, जापान,अस्ट्रेलिया लगायतका देशहरूमा आठ वर्षभन्दा माथिकालाई   खोप दिन थालिसकेका छन् । नेपालमा पनि बिस्तारै यो क्रम चल्दै जाने छ। अहिले देखापरेको ओमिक्रोन भाइरस पनि विश्वभर फैलिँदै छ। यो भाइरस तुलानात्मकरूपमा त्यति डरलाग्दो देखिएको छैन । जे होस् हामी अझै सावधान भने अवश्य पनि हुनुपर्छ। 
अब धेरै मानिसले खोप लगाइसेका कारण बिस्तारै कोरोनको प्रकोप कम हुँदै जाला । भौतिक कक्षाको पढाइ पनि निरन्तर बढोस्।  कोरोनाको कारण  फेरि विद्यालय बन्द नहोऊन् । हामी सबै सचेत बनौँ ।