Logo

Student Corner

भ्रष्टाचार

Written by: Shubham Rimal - 23065, Grade XI

Posted on: 23 December, 2021

भागेर जाऊँ कि सहर छोडेर ?
तर जाऊँ कहाँ ?
असल व्यक्ति पाउन गाह्राे छ हजुर,
मान्छे जता पुग्छ, भ्रष्टाचार पुग्छ त्यहाँ ।

बिन्ती गर्दछु, रोक भ्रष्टाचार,
फैलन्छ महामारी जसरी कोरोनाको के डर ?
खाइसकेको छ यसले कैयौँ घरबार,
कोरोना त हटी जाला तर भ्रष्टाचारले खान्छ पुरा गाउँ र सहर ।

अरूको के कुरा गर्नु हजुर ?
जे देख्छौँ, त्यही सिक्छौँ,
देश चलाउने नेता नै घुस लिन्छन्,
अनि हामी सामान्य जनता पनि बिक्छौँ ।।