Logo

Student Corner

पुतलीझैँ

Written by: Diya Bajracharya - 23021, Grade XII

Posted on: 23 December, 2021

पुतलीझैँ उड्न चाहन्छु, 
जब समस्याले सताउँछ, 
तब हार नमानीकन अघि बढ्न चाहन्छु ।

कठिन समयले जब जिन्दगी मेरो ढाक्छ,
जब समस्याले मलाई होच्याउँछ,
तब पुतलीझैँ आफ्ना पखेटाका लागि 
प्रयास गर्न चाहन्छु ।

परिवर्तन गाह्राे भए पनि 
आफ्नो पुरानो स्वरूपबाट अघि बढ्न गाह्राे भए पनि 
म आफूलाई स्वीकार गर्न चाहन्छु,
पुतलीझैँ अझै सुन्दर बन्न चाहन्छु ।