Logo

Student Corner

पब्जी निषेध गर्न उचित छ ?

Written by: Joya Shrestha - 25004, Grade IX

Posted on: 23 December, 2021

पब्जी विश्वभर खेलिने एउटा अनलाइन खेल हो । यो खेल सन् २०१८ तिरबाट प्रचलन आएको पाइन्छ । अहिले विश्वभर खेलिने अनलाइन खेलहरूमध्ये  पब्जी अति लोकप्रिय र धेरै खेलिने खेल हो । यो एक अनलाइन खेल हो ,जसमा दुई वा सोभन्दा खेलाडीहरू मिलेर खेल्न सकिन्छ। यो खेललाई पब्जी निगमले विकास तथा प्रकाशन गरेको थियो जुन दक्षिण कोरियाली श्रव्य दृश्य खेल कम्पनी ब्लुहोलको सहायक कम्पनी हो । यो खेल युद्ध, खोज, लडाइँ तथा अन्वेषणमा आधारित छ । खेलमा धेरै खोलाडीहरूको एउटा टापु हुन्छ जहाँ एउटा व्यक्तिले अर्कोलाई मार्ने प्रयास गर्छन् । 
यो खेलको उद्देश आफू बचेर बस्नु र अरूलाई मार्नु हो । खेलमा, एक सयभन्दा बढी खेलाडीहरूले टापुमा प्यारासुट मार्फत अवतरण गर्छन् र हतियार तथा उपकरणहरूको लागि अरूलाई मार्नका लागि कुटपिट वा हमला गर्छन् र सकेसम्म आफूलाई मर्नबाट बचाउँने प्रयास गर्छन् । खेलको नक्सामा उपलब्ध भएको सुरक्षित क्षेत्र समयको हिसाबले घट्छ, जीवित खेलाडीहरूलाई दुश्मनहरू भएको क्षेत्रहरूमा प्रतिस्पर्धा गर्ने निर्देशन दिइन्छ। खेलमा जो अन्तिमसम्म बाँचिरहन्छ उही विजेता बन्छ ।
नेपालको सन्दर्भमा अहिले पब्जी खेललाई निषेध गर्ने कुरा चलिरहेको छ । मलाई लाग्छ; यसलाई निषेध गर्नुभन्दा त्यसलाई कसरी र कहिले खेल्ने भन्ने राम्ररी सोचविचार गर्नुपर्छ । यदि पब्जीले कसैको ज्यान गएको छ भने कसैको ज्यान बचेको पनि छ । पब्जी खेल खेलेर नै मानिसले आफ्नो जीवन चलाइरहेका छन् । उनीहरूको पैसा कमाउने माध्यम नै यो खेल बनेको छ । हुनत कति मानिस डिप्रेसन शिकार भएका छन् । कतिपय आमाबाबुले छोराछोरी गुमाएका छन् । यो यसको नराम्रो पक्ष हो । त्यसैले यसलाई राम्ररी बुझेर निश्चित समयावधि बनाएर खेल्नुपर्छ । कसैले यसलाई आफ्नो बाँच्ने आधार बनाएको छ भने  त्यो पनि गलत चाहिं पकै होइन।