Logo

Student Corner

किसान

Written by: Emi Gurung - 23022, Grade XI

Posted on: 22 December, 2021

रोप्छौ अन्न तिमी यहाँ
दिनरात भुली जहाँ,
असारे गीत गाउँदै तिमी
लाग्छौ सिँगार्न खेती तिमी ।

बग्छ लतपत खोला पसिनाको
रोप्दै बाली त्यो अन्नको
सम्झिन्छ त्यो भूमिले तिमीलाई
जहाँ रोप्यौ अन्न आफ्नो जीवन लगाई ।