Logo

Student Corner

सङ्गतको फल

Written by: Simone Shree Pathak - 24006, Grade X

Posted on: 22 December, 2021

गीता काठमाडौँमा बस्थी । उसको घरमा चार जनाको सदस्य थिए ।  घरको आर्थिक अवस्था राम्रै थियो ।  उच्च वर्गीय परिवारमा जन्मेकी गीताको संस्कार पनि राम्रो थियो  ।  ऊ कक्षा १० मा पढ्थी। घरका काममा पनि सकेसम्म आमालाई सघाउँथी । तर उसकी दिदी समिता भने ऊभन्दा निकै भिन्न स्वभावकी थिई । उसलाई आफ्ना परिवारको कुनै वास्ता हुँदैनथ्यो। उसका आमाबुवा दुवै छोरीका  स्वभावबारे तुलना गर्थे ।  
समिता विद्यालयका अतिरिक्त क्रियाकलाप नाच,गान तथा खेलकुद सबैमा सक्रिय थिई। गीता पढाइ लेखाइका अतिरिक्त क्रियाकलापमा पनि सामान्य नै थिई  ।  यसै कारणले उनका अभिभावक उनीहरू भेदभाव गर्थे । आफ्ना आमाबाबुको दिदी र आफूमा भएको फरक व्यवहारले ऊ निकै दु:खी थिई । समय बित्दै गयो। गीताको पढाइ लेखाइ बिग्रिदै गयो । आमाबाबुसँगको सम्बन्ध पनि त्यति राम्रो थिएँ।  परिवारको मायाबाट ऊ वन्चित हुन थाली। उसको सङ्गत खराब बाटोमा लागेका साथीहरूसँग हुन थाल्यो । 
एक दिन उनीहरूको कक्षामा नयाँ साथी आई । उसको नाम सुनिता थियो। सुनिता त्यो विद्यालयमा आएको थोरै समयमा नै शिक्षकहरूको मन जित्न सफल भई। ऊ असल छात्रा थिई। सुनिता र गीता छिट्टै  साथी बने। सुनिताको सङ्गत गीतामा  छिट्टै पर्यो । सुनिता सङ्घर्षशील छात्रा थिई । गीताले आफ्ना कुरा सबै सुनितालाई सुनाई । उसले गीतालाई सङ्घर्ष गर्न सिकाई । गीताले आफूलाई सबल र सक्षम ठान्न थाली।  उसले हरेक कामलाई सहज मान्न थाली । उसको जीवनमा निकै परिवर्तन आउन थाल्यो। उसले  हरेक काममा सफलता पाउन थाली । यो देखेर उसका बुबाआमाले पनि उसलाई माया गर्न थाले । बाबुआमाको माया पाउन थालेपछि उसले झन् झन् प्रगति गर्दै जान थाली । फलस्वरूप ऊ एस. इ. इ. परीक्षामा नेपाल प्रथम भई । उसलाई विद्यालय,साथीहरू र आफन्त सबैले बधाई दिन थाले । उसले यसका पछाडि आफ्नी साथी सुनिताको सङ्गत भएको बताई।