Logo

Student Corner

यस्तै छ जिन्दगी

Written by: Anukrama Poudel - 2022031, Grade XII

Posted on: 21 December, 2021

न त जीवन छ सजिलो

न त तिमी नै छौ साथमा,

बस्, छ सम्पूर्ण विश्वको 

चिन्ता र बोझ यो सानो काँधमा ।


 

के रहेछ र यो जिन्दगीको खेल ?

कहिले जित हुने त कहिले हार,

"तिम्रै हुँ म" भन्थ्यौ तर

किन आजकाल सर्छौ पर ?


 

न त तिम्रो कल आउँछ,

न त तिमी हेर्छौ मेरो म्यासेज,

एकदमै एक्लो भएँ म प्रिय !

जस्तै त्यो क्लासबाहिरको प्यासेज ।


 

तिमी मात्रै थियाै यो जीवनको आशा

तिमी नै थियौ हरदिन फेर्ने सास,

उसले आई फेरिदियो जीवन यात्रा मेरो

आजकाल मनमा सधैँ छ अशान्तिको बास ।


 

न त जीवन छ सजिलो

न त तिमी नै छौ साथमा,

बस्, छ सम्पूर्ण विश्वको 

चिन्ता र बोझ यो सानो काँधमा ।

बस्, छ सम्पूर्ण विश्वको 

चिन्ता र बोझ यो सानो काँधमा......