Logo

Student Corner

पुस्तक समीक्षा : भत्किएका किनारा

Written by: Sunabi Pokhrel - 25018, Grade IX

Posted on: 21 December, 2021

'बोक्सी'शीर्षक कथामा कक्षाका सबै जना विद्यार्थीहरू मिसलाई कथा सुनाउन आग्रह गर्छन् । बिनु नामकी एक विद्यार्थीले बोक्सीको कथा सुनाउन भन्छिन् । उनले पत्रिकामा बोक्सीले मान्छे मारेका कारण बोक्सीलाई जिउँदै जलाएको कुरा पढेको पनि मिसलाई भन्छिन् । त्यसपछि मिसले समाजमा बोक्सी भन्ने कोही पनि हुँदैन र जो स्वास्नी मान्छेहरू सोझा हुन्छन् र अरूलाई थिचोमिचो गर्न सक्दैनन्, तिनीहरूलाई नै बोक्सी ठहर्याइन्छ भनेर सम्झाइन् । यो कुरा भनेपछि बिनु एक्दमै त्रसित हुन्छिन् । उसलाई आफ्नी सोझी हजुरआमाको याद आउँछ । हजुरआमा एकदमै ज्ञानी र सोझी हुनुहुन्थ्यो । उहाँले आफ्ना छोराछोरीलाई कहिल्यै गाली गर्नु भएन र कहिल्यै पिट्नु पनि भएन । सम्पत्तिको नाममा पनि कहिल्यै झैझगडा गर्नुभएन । घर आइपुगेपछि पनि बिनुको मनमा यस्तै कुराहरू घुमिरह्यो । देवीले सम्झी उसको अजी पनि एकदमै सोझी हुनुहुन्थ्यो र एक दिन काकाकाकीले अजी बोक्सी हो भनेर घरबाट निकालिदिए । अजी खोलामा हाम फालेर मर्न पनि लाग्नु भएको थियो तर बाले फिर्ता ल्याउनु भयो भन्ने कुरा देवीले भनेकी थिइन् । त्यसपछि बिनु आफ्नी हजुरआमाको छातीमा घोप्टो परेर रुँदै, “हजुर बाठी हुनुहोस्; सोझो भयो भने समाजले बोक्सी भनेर जिउँदै जलाइदिन्छ ।” भन्छिन् । आफ्नै कोठामा ढल्केर उनी सोच्छिन् कि यही समाजमा कति कर्कशा आइमाईहरू छन् तर तिनीहरूलाई कसैले बोक्सी भन्दैनन्, उल्टै कति राम्रा भन्छन् । सोझी महिलाहरूलाई चाहिँ बोक्सी भनेर अवहेलना गरिन्छ । बिनु यो समाजलाई सम्झिँदै दु:खी भएर निदाउँछिन् ।

चरित्रचित्रण:
शीला: ‘सङ्कल्प’ कथामा शीला प्रमुख नारी पात्रको रूपमा उपस्थित भएकी छिन् । उनले आफ्ना परिवार, र समाजबाट उमा र रानु जस्ता कुमारी कन्याहरूको बारेमा धेरै कुरा काटेको सुनेपछी आफ्नो जीवनको बारेमा सोच्न थाल्छिन् । ऊ अरू गाउँलेहरूभन्दा एकदमै ज्ञानी थिइन् । समाजका कुराहरू सुनेर उसले रानु र उमाको बारेमा केही भन्दिनथिन् । उनी कथामा जिज्ञासु, स्थिर र अनुकूल पात्रको रूपमा कथामा प्रस्तुत भएकी छिन् ।

तृष्णा: कथामा सहायक पात्रको रूपमा आएकी छिन् । तृष्णा एकदमै बुझक्की तथा सहयाेगी पात्र हुन् । उनले आफ्नो परिवारलाई सधैँ खुसी देख्न चाहन्थिन् । आफ्नी बुहारीलाई बुहारी नभएर छोरी सरह ठान्थिन् । त्यसैले तृष्णा एक गतिशील तथा अनुकूल पात्रको रूपमा उपस्थित भएकी छिन् ।

भावेश: कथाकाे मुख्य पात्र हाे । उसले आमाको खुसीको लागि विवाह त गर्यो तर उसको मनमा अर्कै केटी थिई । उसले आफ्नी प्रेमिकासँग विवाह गरेन । आफूले विवाह गरेर ल्याएकी श्रीमतीलाई मारिदियो । उसले एक निर्दोष महिलाको हत्या गर्यो  । एउटीसँग विवाह गरेर अर्की युवतीसँग शारीरिक सम्बन्ध राखेको थियो । त्यसैले भावेश एक स्थिर तथा प्रतिकूल पात्रको रूपमा यस कथामा उपस्थित छ ।

चञ्चला: कथामा चञ्चला एक प्रमुख पात्रका रूपमा आएकी छिन् । उनी एक ज्ञानी महिला हुन् । आफूले भावेशलाई जतिसुकै माया गरे पनि भावेशले त्यस्तो अन्याय गरेपछि उनले ऊसँग नबसेर अर्कै मान्छेसँग जीवन बिताउने निर्णय पनि गरिन् ।आफूले चिठी लेखेर उनले भावेशलाई उसको गल्ती महसुस गराइन् । त्यसैले चञ्चला गतिशील, अनूकुल पात्रको रूपमा  कथामा प्रस्तुत भएकी छिन् ।

बिनु: कथामा प्रमुख पात्रका रूपमा उपस्थित भएकी छिन् । उनी एक ज्ञानी बालिका हुन् । उनले सबै कुराहरू बुझेर हजुरआमालाई समाजका लाञ्छनाबाट बचाउनका लागि हजुरआमालाई सोझी नहुनु बाठी हुनु भन्छिन् । बोक्सी भनेर सोझी महिलालाई फसाउने कुराले उसको मन काँप्छ । बिनु कथामा गतिशील तथा अनुकूल पात्रको रूपमा कथामा प्रस्तुत भएकी छिन् ।

हजुरआमा: हजुरआमा एक प्रमुख पात्रका रूपमा आएकी छिन् । उनी एक सोझी महिला हुन् जसले सरसम्पत्तिको नाममा कहिल्यै पनि कसैसँग झगडा गरिनन् । आफ्नै छोराछोरीहरू माथि पनि कहिल्यै हात उठाइनन् । कसैले आफ्ना सन्तानको बारेमा केही भन्यो भने उनी चुपचाप लागेर बस्दिनथिन् । हजुरआमा एक स्थिर अनूकुल पात्रको रूपमा यस कथामा प्रस्तुत भएकी छिन् । 
परिवेश: 
‘सङ्कल्प’ कथामा शीलाको कोठा, बजार, वीर अस्पताल र शीलाको घर स्थलगत परिवेशको रूपमा आएको छ । यी घटनाहरू कथाको अवस्थागत परिवेशको रूपमा आएका छन् । 'भत्किएको किनारा' नामक कथामा सुर्खेत, विराटनगर, भावेशको घर लगायतका अन्य ठाउँहरू स्थलगत परिवेशका रूपमा आएका छन् । 'बोक्सी' कथामा बिनुको विद्यालय, बिनुको घर, हजुर आमको कोठा, अजीको घरलगायतका अन्य ठाउँहरू पनि  कथामा स्थलगत परिवेशको रूपमा आएका छन् । यस्तै कालगत परिवेशको रूपमा भने बेलुका र रातीको समय आएको छ । कथामा समाजले कसरी सोझी महिलाहरूलाई बोक्सी भनेर ठहर्याएर मारेका र जिउँदै जलाएका छन् भन्ने कुरा बताइएको छ । यो घटना उपन्यासको अवस्थागत परिवेश हो । 
भाषाशैली:
प्रस्तुत कथाको भाषा शैली एकदमै सरल र सहज छ । नेपाली समाज त्यसमा पनि सामान्य साक्षर जाे काेहीले बुझ्ने भाषाकाे प्रयाेगले कथालाई उत्कृष्ट बनाएकाे छ । कथामा केही  तत्सम शब्दकाे प्रयाेग भए पनि समग्रमा भाषाशैली बाेधगम्य  नै  छ ।
निष्कर्ष:
'भत्किएको किनारा' कथा सङ्ग्रहमा जम्मा १३ वटा कथाहरु रहेका छन् । ती सबै कथाहरू एकदमै भिन्न विषयवस्तु समाज र घटनालाई प्रतिनिधत्व गरेका छन् । धेरै कथाहरू घटना प्रधान छन् । समाजमा घटेका विभिन्न घटनाहरूलाई यस कथा सङ्ग्रहमा समेटिएको छ । यो किताब पढेर मानिसहरूले आफ्नो समाजमा देखिने र सुनिने घटनाहरूलाई अझै राम्ररी बुझ्न सक्छन् । यस कथा सङ्ग्रहले पाठकहरू चेतना पनि फैलाएको छ । सबैजसाे कथाले  पठकको मन सजिलै छुन सक्छ । म यो कथा सङ्ग्रह अरूलाई पनि सिफारिस गर्छु । १२ वर्ष नाघेकाहरूका लागि यो पुस्तक निकै नै राम्रो छ ।