Logo

Student Corner

हिँडेँ म

Written by: Anshu Niroula - 23009, Grade XI

Posted on: 21 December, 2021

घरबाट निस्केर हिँडेँ म
गन्तव्य थाहा थिएन, 
पाइला चल्न थाले मेरा
कता तिर ? पत्तो भएन ।

एक्लो थिएँ म
कसैको पर्बाह थिएन,
हिँड्दै गर्दा बाटाको  
हल्लाखल्ला मन परेन ।

शान्तिको खोजीमा थिएँ, 
कहाँ जाने, मनले बुझेन,
फर्की आएँ घर म आफ्नो
एकान्तमा बाँच्ने चाहना मरेन ।