Logo

Student Corner

अग्वेरोको बहिर्गमन

Written by: आशुतोष पुडासैनी - २०२२००२, Grade XII

Posted on: 20 December, 2021

संसारमा केही पनि सोचेजस्तो हुँदैन । यदि तपाईंले सोचेजस्तै सबै हुन्छ भनेर सोच्नुहुन्छ भने तपाईंको धारणा गलत हो । कुनै पनि आम मानिस तथा महान् मानिसले गरेको काम सोचेजस्तो भएको छैन । भगवान्‌ले त सोचेजस्तो हुँदैन भने हामी त आम मानिस हौँ । जब सर्जियो अग्वेराे म्यानचेस्टर सिटी छोडेर बार्सिलोना आए, उनले आफ्नो फुटबल करियर त्यसरी छोड्नुपर्छ भनेर सोचेका थिएनन् होला तर जीवनको अनौठो खेलले उनलाई अवकाशमा पुर्यायो । 


 

म्यानचेस्टर सिटीमा अघिल्लो सिजन उनको प्रभाव पहिलेको भन्दा घटेको थियो । उनले सिजनको अन्त्यमा सिटी त्याग्ने र बार्सिलोना जाने निर्णय गरे । अर्का स्टार खेलाडी लियोनल मेसीसँगै फुटबल खेल्ने सपना लिएर आएका अग्वेराेको भविष्य भने उनले सोचेजस्तो भएन । बार्सिलोनामा खेल्न नपाउँदै ह्यामस्ट्रिङ इन्ज्युरीले गर्दा उनी बेन्चमा बसेका थिए । खेलमा फर्किएपछि उनले भ्यालेन्सिया विरुद्ध बार्सिलोनाबाट पहिलो मिनेटबाट खेलेका थिए तर उनको खुसी धेरै दिन टिकेन । डिपाेर्टिभाे आलाभेससँगको खेलमा उनलाई अचानक मुटु दुख्न थाल्यो । उनलाई तुरुन्त अस्पताल लगियो र एक महिनापछि उनले फुटबलबाट सन्यास लिएको खबर सुनाइयो । 


 

म्यानचेस्टर सिटीका महान् खेलाडी मानिएका अग्वेराेको फुटबल करियर यसरी सकिँदा पुरै संसारले नै दुःख मानेको छ । उनले म्यानचेस्टर सिटीभन्दा अगाडि एटलेटिको मड्रिडका लागि खेलेका थिए । उनले एथलेटिको मड्रिडबाट युरोपा लिग, म्यानचेस्टर सिटीबाट युरोपा लिग, सुपर कप जितेका थिए भने उनले म्यानचेस्टर सिटीबाट पाँचवटा प्रिमियर लिग, ६ वटा लिग कप, एउटा एफ ए कप अनि तिनवटा सुपर कप जितेका थिए । त्यसैगरी उनले आफ्नो देश अर्जेन्टिनाका लागि ओलम्पिक गोल्ड मेडल र कोपा अमेरिका जितेका छन् । उनले आफ्नो करियरमा केही यादगार गोलहरू पनि गरेका छन् । उनको क्युपिआर विरुद्धको गोल सन् २०१२ मा हानिएका उत्कृष्ट गोलहरूमध्ये एक मानिन्छ । 


 

उनले अवकाश पाए पनि उनले रङ्गशालाबाहिर र भित्र गरेका कामहरू हामीमाझ हुने छन् । मेरो विचारमा उनीजस्ता पूर्ण स्ट्राइकर फुटबलमा भेट्न मुस्किल नै पर्दछ । फुटबल दुनियाँले उनलाई पक्कै पनि सम्झने छ ।