Logo

Student Corner

समयको चक्र

Written by: Aswin Siwakoti - 23014, Grade XI

Posted on: 20 December, 2021

कुन समयको चक्रालमा आयौँ हामी ?
न सत्यको विश्वास लाग्छ, न त असत्यकाे
घरि एकातर्फ तानिन्छु, घरी अर्कातिर
आखिर विश्वास गरौँ पनि कसको ?

कुन समयको चक्रालमा आयौँ हामी ?
न ज्यानकाे केही मूल्य छ, न त मृत्युकाे
बाँचेको पनि अर्थ छैन, मरे पनि त्यसको केही
लाग्छ कि शरीर मात्र बाँकी छ, आत्मा छ कहीँ ।

कुन समयको चक्रालमा आयौँ हामी ?
छ भेदभाव र अन्धविश्वासले भरिएको
कष्ट र कठोर हृदयहरूले भरिएको 
अब याे पापी दुनियाँमा बाँच्नु छैन मलाई ।