Logo

Student Corner

पुस्तक समीक्षा : भत्किएका किनारा

Written by: Sunabi Pokhrel - 25018, Grade IX

Posted on: 20 December, 2021

विषय प्रवेश: 
भत्किएका किनारा कथासङ्ग्रह कथाकार ललिता दोषीद्वारा वि सं २०५७ सालमा प्रकाशित कृति हाे ।  यस कृतिलाई लालित्य प्रकाशनले प्रकाशन गरेकाे हाे । यस कथासङ्ग्रहमा १३ ओटा कथाहरू रहेका छन्  । यसमा संङ्ग्रमा सङ्गृहीत केही कथाहरूकाे समीक्षा यहाँ गरिएकाे छ ।

कथावस्तु: 
‘सङ्कल्प’ शीर्षक कथामा शिला भन्ने पात्रले आफ्नो गाउँमा कुमारी कन्याहरुको बारेमा धेरै मानिसहरुले कुरा काटेको देख्छे र सुन्छे । शिलाकी दिदीले उसलाई सधैँभरि कुमारी कन्या भएर परिवारको नाक कटाउने कि विवाह गर्ने भनेर प्रश्न सोध्छिन् । त्यसपछि चनमती र न्याउलीले उमाको बारेमा कुरा गर्न थाल्छन् । के कुरा गरिरहेका भनेर उसको मनमा जिज्ञासा हुन्छ । शीलाले गुरुआमालाई उमाको बारेमा सोध्छे । जसले आफ्नो प्रेमीले धोका दिएपछि विवाह नगरेर माइतमै बस्थी तर गाउँलेहरुले उमा कुमारी भएको कुरालाई धेरै बढाइचढाइ सुनाएर उसको चरित्र माथि औँला उठाउन थालेका थिए भन्ने कुर बताउँछिन् । त्यो कुरा सुनेपछि भविष्यमा ऊ पनि उमा जस्तै कुमारी हुने हो कि भन्ने कुरा सोच्न थाल्छे । एकदिन अमिताले शिलालाई रानुको बारेमा बताउँछे । रानु आत्महत्या गरेर मरेकी थिई । गाउँलेहरूले रानु गर्भवती भएर आत्महत्या गरेको भन्ने ठान्छन् र जब डाक्टरले रानु गर्भवती थिइनन् भन्ने कुरा पुष्टि गर्छन् तब पनि कसैले पत्याउँदैनन् र एउटी मृत महिलाको पनि कुरा काट्न छुटाउँदैनन् । यसपछि शीलाले ऊ, उमा र रानु कोही जस्तो नबनेर विवाह गर्ने र आफ्नो कुमारीत्व आफ्नै लोग्नेलाई दिने फैसला गर्छे ।

'भत्किएका किनारा' शीर्षक कथामा भावेशकी आमाको नातिनातिना खेलाउने इच्छ अधुरो रहन आटेको थियो । उसको छोरा भावेशले विवाह नै नगर्ने निर्णय लिएपछि आमालाई भावेशको आँखामा कोही छ कि भन्ने शङ्का गर्छिन् । कोही छ भन्ने हल्ला पनि सुनेकी थिइन् । भावेश केही समयपछि आमालाई भेट्न बिराटनगर आइपुग्छ र आमाले फेरि विवाह गर् भनेर कर गर्नुहुन्छ । त्यसपछि उसले पान्देकी छोरीसँग विवाह गर्न स्वीकार गर्छ । उसको मनमा त अर्कै केटी थिई । त्यसैकारणले उसले आफ्नी श्रीमती सवितालाई सुर्खेत लैजान मान्दैन तर आमाले कर गरेको कारण लैजाने निर्णय गर्छ । तर त्यसरात उसको मनमा विभिन्न कुराहरू घुम्न थाल्यो । विवाह त आमाको कारण गरेको थियो तर अब आफ्नी प्रेमिकालाई आफ्नी श्रीमती कसरी देखाउने भन्ने कुराले ऊ रातभर साेचमग्न भयाे । भोलिपल्ट सुर्खेत जाँदा तृष्णाले बुहारीलाई नियास्रो हुन नदिनु भनेर आँसु चुहाउँदै बिदा गरिन् । भावेश र सविता सुर्खेत पुग्ने बित्तिकै सबैको आखा शङ्कालु हुन थाल्यो । भावेश रुँदै आफ्नी प्रेमिका चञ्चलासँग गएर उसको साथ कहिल्यै पनि नछोड्ने वाचा गर्यो । तर चञ्चला छियाछिया भइसकेकी थिइन् । उनी भावेशले चाटिसकेकी एउटी जुठो थिइन् । उसको वरिपरिका ती बलिया किनाराहरू भत्किसकेका थिए । चञ्चला रोइन् कराइन् र आफ्नो दुःख व्यक्त गरिन् । उनका अनुसार भावेशले चञ्चलालाई आफ्नो भन्ने र सवितासँग विवाह गरेर उनलाई छोडेर जाने निर्णय निकै नै गलत थियो । उनको मन छिया छिया भइसकेको थियो र अब उनको मन टाल्ने कोही पनि थिएन । भावेशले चञ्चला उसकै हो र आफू पनि चञ्चला कै हो अरू कोही बिचमा आउँदैन भनेर बताउँछ । त्यसपछि चञ्चला चुप लागिन् । भावेशका साथीहरुले बिहेभोज मागे र उसले स्वीकार गर्यो तर स्वीकार गर्नुपछाडि एउटा कारण रहेको थियो । भोजमा भावेशको माया देखेर सविता निकै खुसी भएकी थिइन् तर केही समयपछि उनलाई रिङ्गटा चल्छ र सविता भुइमा लडिन् तर उनलाई बचाउन  कोही पनि आएन । भावेश त झन् उसको र चञ्चलाको भविष्यको बारेमा सोच्दै रमाएर बस्यो । भोलिपल्ट भएपछि अरूलाई देखाउनका लागि उसले सवितालाई एयरपोर्टसम्म लग्यो तर उसको प्राण गइसकेकाे थियाे । सविताका आमाबुबालाई छोरीको विवाह भएको एक महिनाभित्र नै ज्यान गएकाले असह्य पीडा भएकाे थियाे । तृष्णालाई पनि आफ्नी बुहारी फुड पोइजनले बितेको भनेर विश्वाश लागेको थिएन । आफ्नो छोरो भएका कारणले गर्दा केही पनि बोल्न सकिनन् । भावेशको मनभरि फूल फुलेका थिए । अब आफ्नी प्रेमीकालाई सुर्खेत गएर अङ्गाल्छु भनेर सोच्यो । तर सुर्खेत पुगेपछि त्यहाँको माहोल उसले सोचेभन्दा भिन्न थियो । चञ्चलाले उसका लागि एउटा चिठी छोडेकी रहिछिन् । भावेशले त्यो चिठी खोल्यो र सोही चिठीमा चञ्चलाले एउटा गल्ती मात्र गर्दा त छियाछिया भएको मुटु सविताको हत्या गरेपछि त मेरो मन र भावना सबै भास्सिइकेको छ । सविताले एक सभ्य पति खोजेकी थिइन् तर भावेश त कठोर मन भएका हत्यारा भएकाले आफ्नाे पनि पति हुन नसक्ने कुरा ञ्चलाले चिठीमा लेखेकी थिइन् ।  उनले एउटा शिक्षकसँग विवाह गरिन् । शिक्षकको एउटी छोरी पनि रहिछिन् । आफ्नो पेटमा भएको त्यो भावेशको सन्तानलाई पनि उनले शिक्षककै नाम दिने निर्णय लिइन् । उनी आफ्नो कोखमा भएको बच्चालाई एउटा कठोर मन भएको हत्याराको नाम नराख्ने निर्णयले खुसी  भइन् । चिठी पढेपछि भावेशको मन पनि छियाछिया भयो । तर यो सबै कुरा उसले आफैँले गरेको कर्मको फल नै थियो । उसले भत्काएको किनाराले उसलाई दुःखी बनायाे । 
क्रमशः