Written by: Kabin Rijal - 22010, Grade XII
Posted on: 17 December, 2021
खाली पोखरीजस्तो भइसक्यो देश
माटो मलिलो छैन, भयो वर्षौं दिन
बुढा र बच्चाले सक्दैनन् चलाउन देश
हजार बढी होला, हुँदैन स्वाभिमान ।
देशमा काम गर्दा जान्छ सान
परदेश गई सामाजिक सञ्जालमा लेख्छन्, “कामको गरौँ सम्मान ।”
भाषा सिकेर जान्छन् गर्न खेती
बाँझाे छोडी जमिन, भविष्य देशको मेटी ।
देशको जमिनभन्दा महत्त्वपूर्ण छ नेतालाई कुर्सी
प्रयास छैन देशलाई बचाउने
लक्ष्य यिनीहरूको सकेसम्म देशलाई पचाउने
भेडा सम्झी जनतालाई आफ्नो इसारामा नचाउने ।
जनता बेचैन छन्, छैन मनमा आश
पसिना बगाई देशमा हुँदैन कहिले नाश
धुलोमैलो वरिपरि गाह्रो भयो फेर्न सास
युवा आऊ, देश बनाऊ,
पाइँदैन सधैँभरि अरूकहाँ वास ।