Logo

Student Corner

मन्दिर

Written by: Sanjay Puri - 23058, Grade XI

Posted on: 17 December, 2021

मन्दिर गएर मात्रै धार्मिक बनिँदैन,
धर्म त हाम्रो हृदयमा हुन्छ,
गरिबलाई कहिले हेला नगर्नू,
त्यसभन्दा ठुलो अधर्म के नै हुन्छ ?

भगवान्‌को मन जित्नलाई
भगवान्‌को दर्शन गर्नुपर्दैन,
गरिबलाई गरेको सहयोगले नै
भगवान्‌को मन जित्न सकिन्छ ।