Logo

Student Corner

मेरो जीवन

Written by: Remon Sangat - 25012, Grade IX

Posted on: 17 December, 2021

जन्मिदा संसार अँध्यारो थियो 

अँध्यारो संसारमा उज्ज्यालो छर्दै गए।

बढ्दै अघि लड्दै गएँ

हार नमानी अघि बढ्दै गएँ।


 

जीवन जति अघि बढ्दै गयो 

आफ्ना जति टाढिदै गए 

म जिम्मेवार बन्दै गएँ  

सक्ने जति भार थेग्दै गएँ।


 

स्वार्थ पूरा हुँदै गयो 

साथ सबले छोड्दै गए।

बाटो सोझो  हुँदा हुँदै 

अन्ततिर मोडिदै गए।


 

स्वार्थी यो संसारमा 

निःस्वार्थी को छ भनी

जताततै खोजेँ कोही पाइन

अन्त्यमा,

स्वार्थी कै हात समाएर

अगि बढे फेरि लडेँ

अगि बढे फेरि लडेँ ।