Logo

Student Corner

विद्यार्थी जीवन

Written by: Neharika Chapagain - 25006, Grade IX

Posted on: 16 December, 2021

सबै मानिसहरू ले जीवनको खुड्किला पार गर्दै गर्दा विद्यार्थी जीवनको अनुभव गर्नुपर्छ । हरेक मानिसका विद्यार्थीकालमा भिन्नाभिन्नै कथा र अनुभव  रहेका हुन्छन् । म निहारीका चापागाईं सानागाउँ ललितपुरमा बसोबास  ।  मेरो विद्यालय  सिफल, काठमाडौँमा रहेको छ। हुन त मेरो पुर्ख्यौली थलो झापा हो । म झापाली हुँ तर मेरा पढाइका निम्ति मेरा आमाबुबाले काठमाडौँ बस्ने निर्णय लिनुभएको थियो । त्यहाँदेखि सुरु भयो; मेरो सिफल सेकेन्डरी स्कुलको यात्रा । म सिफल सेकेन्डरी स्कुलमा पढ्न आउँदा, म विद्यालय नजिकै ‘मित्रपार्क’  बस्ने बस्थेँ । मित्रपार्क केही समय बसेपछि हामी सानागाउँ ललितपुरमा सर्यौं । हामी सानागाउँ सरेदेखि मेरो दैनिकीमा धेरै असर देखिन थाल्यो । विद्यालय र घरबिचको लामो दुरीले मेरो हाल  मलाई धेरै अफ्ठ्यारा परिस्थितिसँग लड्न बाध्य बनायो।  

म कक्षा ७ मा थिएँ; जब मैले विद्यालयको यातायात प्रयोग गर्न थालेँ तब म अहिलेसम्म पनि दिनहुँ  ३/४ घन्टा बसमा यात्रा गरिरहेकी हुन्छु । बिहान ७:१५ मा विद्यालयको बस मलाई लिन ‘बुद्धचोक’ मा (मेरो घर नजिकको चोक) आउँछ र घर पुग्दा पनि बेलुकाको ७ बज्छ । यो सुन्दा कसैले सोच्नुहोला, यति धौधौ गरेर त विद्यालय के जानु ? विद्यालय भनेको त आफूलाई सजिलो हुने र राम्रो पढाउने ठाउँमा जानुपर्छ। जस्तो दुख भए पनि यही विद्यालय पढ्ने मेरो आफ्नै निर्णय रहेको थियो । झापामा बसोबास गर्दा, म त्यहाँको विद्यालय त जान्थेँ तर मैले त्यहाँ कहिले पनि वास्तविक रूपमा मैले मेरा विचारहरू  खुलेर देखाउने मौका पाएकी थिइनँ । सिफल स्कुल आएपछि मैले आफूमा विश्वास राख्न सकेँ र आफ्नो प्रतिभालाई चिन्न सकेँ। यस विद्यालयले मलाई धेरै कुरा सिकाएको छ । सिफल विद्यालय र त्यहाँका मेरा साथीहरू प्रतिको लगावले म विद्यालय छोड्न चाहन्नथेँ।

दिनहुँ म घरबाट ७ बजे निस्कन्छु र बुद्धचोकमा ७:१५ मा पुग्छु । बिहान १ घन्टा ४५ मिनटको यात्रा गरेपछि ९ बजे म जहिले विद्यालय आइपुग्छु । विद्यालयमा साधारणतय पढाइपछि खाजा खाने समय ११: ३५ मा हुन्छ । बिहान ७ बजे घरबाट सानोतिनो खानेकुरा खाएर हिँडेको मान्छे विद्यालय आइपुग्दा भोक लाग्ला कि भनेर घरमा आमाबुबालाई पनि पीर हुने र आँफूलाई पनि घरमा बिहान बिहान उठेर केही खान मन नलाग्ने । यस्ता कुराले मेरो स्वास्थ्यमा धेरै असर गरेकाे छ । टाउको असाध्य दुख्ने, चिसोले शरीर दुख्ने, पेट दुख्ने जस्ता सानातिना कुराहरूले जहिले सताइरहेको हुनाले विद्यालयमा मैले कक्षा ९ मा पनि धेरै अनुपस्थित भइसकेकी छु । घर ढिलो पुग्नाको कारण रातीसम्म  गृहकार्य गर्नुपर्ने पढ्नुपर्ने समस्या मेरा लागि सामान्य बन्दै गएका छन् । यस्ता कुरा मलाई मात्र नभएर मसँगै बसमा यात्रा गर्ने कक्षा १ मा पढ्ने साना भाइबहिनीहरूले पनि अनुभव गरेकै होलान् । एक दिन त मेरै बसमा भएको एक जना भाइले गाडीमै वान्ता गरेछ । यस्ता कुराहरू  देख्दा र आफूले नै भोग्दा मलाई विरक्त महसुस हुन्छ । हुन त सिफल स्कुलमा पढेर यो अनुभव लिने निर्णय मेरै  थियो ।  कहिलेकाँही यस निर्णयले मलाई धेरै पिडा दियो होला तर यो निर्णय लिएकोमा मलाई पछुताे छैन । किनभने गाडीमा यात्रा गरेर मैले धेरै साथीहरू  बनाएँ । धेरै नयाँ कुरा सिकेँ । अन्तिममा त मैले जीवनमा एक अनुभव लिन सिकेँ जसको बारेमा मैले भविष्यमा अरूलाई सुनाउन सक्ने छु।