Logo

Student Corner

दुःखी आत्मा

Written by: Diya Shrestha - 22032, Grade XII

Posted on: 16 December, 2021

गरिब र दुःखीले पसिना बगाउने
फलेको फल चाहिँ साहुले खान पाउने
गरिबका छाेराछाेरी भोकभोकै सुत्छन्, 
धनीका छोराछोरी चिन्ताविहीन बस्छन् ।

धनीको गाडी चलाउने ड्राइभर
आफ्नो घर हिँड्दै जान्छन्, 
धनीको घरमा मिठो खाना पकाउने
रातभरि भोकै सुत्छन् ।

अरूलाई आफ्नो कलाले हँसाउने
आफैँ भित्रभित्रै रुन्छन्,
बाहिरी सुन्दरतामा त पुरै संसार मर्छ,
भित्री कुरालाई त परेकाले मात्रै बुझ्दछन् ।

अरूलाई सम्झाउने व्यक्ति आफैँ तनावमा हुन्छन्,
मानिसले परिश्रम होइन, परिणाम मात्रै देख्छन्, 
यो संसार देखेजस्तो कहाँ हुन्छ र ? 
बाँच्न पाए पनि मानिसहरू कहाँ खुसी हुन्छ र ?
सबैलाई कुनै न कुनै चिजको खाँचो छ,
आफ्नो तुलना अरूसित गरेर के पाइन्छ ?