Logo

Student Corner

एउटा सपना

Written by: Sunabi Pokharel - 25018, Grade IX

Posted on: 15 December, 2021

नेपालको पूर्वी पहाडी गाउँमा एउटा सानो परिवार थियो । आमा, बुबा र दुई छोरा गरी परिवारमा चार जना थिए । आमा, बुबा र दुई छोरा भएको त्यस परिवार बाहिरबाट  हेर्दा त निकै सुखी र खुसी देखिन्थे तर परिवारभित्र भने सबैजनाबिच दिनहुँ झैझगडा भैरहन्थ्यो । बुबा दिनहुँ रक्सी खाएर घर आउँथे र आमालाई हकार्थे र कुट्थे । आमा पनि सधैँ बुबालाई गाली गर्थिन् र आफ्नो श्रीमान्को रिस जेठो छोरो माथि पोख्थिन् । यसरी सधैँभरि घरमा बाझ्ने  र कराउने भएको देखेर जेठो छोरो कमलको मानसिक अवस्था बिग्रिसकेको सकेको थियो ।

दस वर्षको कलिलो उमेरमा नै यस्तो भोग्नु परेपछि उसको पढाइमा पनि निकै नकारात्मक असर पर्यो । सानो भाइ कार्तिकले आफूले भोगेजस्तो समस्या भोग्नु नपरोस् भनेर घरमा झगडा भएर कराउने बेला भाइले नसुनोस् र थाहा नपाओस् भनेर भाइलाई अरू कामहरूमा व्यस्त गराउँथ्यो । पढाइ, लेखाइ र सिर्जनात्मक काममा भाइलाई एकदम राम्रो बनाउने उसको ठुलो सपना थियो । कार्तिक पनि निकै ज्ञानी र पढाइमा अब्बल थियो  । कक्षामा सधैँ ऊ प्रथम हुन्थ्यो । वक्तृत्वकला प्रतियोगीता र निबन्ध लेख्ने प्रतियोगीता केहीमा पनि ऊ पछाडि हट्दैनथ्यो । कमलको आफ्नो पढाइका साथसाथै मानसिक अवस्था पनि धेरै नै बिग्रीसकेको थियो । उसलाई केवल फुटबलमा रूचि थियो । उसको दिमागमा भने सधैँ फुटबल खेलाडी बन्ने सपना मात्र घुमिरहन्थ्यो । कार्तिकको पढाइमा उन्नति भएको देखेर उसले धेरै स्याबासी पाउँथ्यो । तर कमललाई भने सधैँ हेला गरेर आफ्नो छोरासरह ठान्दैनथे । यस्तो व्यवहार देखेर उसलाई निकै पीडा हुन्थ्यो । घर छाडेर कतै अरू ठाउँ गएर नयाँ जीवनको सुरुवात गरौँ कि भन्ने पनि उसको मनमा सोच आउँथ्यो । एकदिन चाहिँ अत्याचारै भएका कारण उसले घर छाडेर जाने निधो गर्यो । आमाबुबा कसैले पनि उसलाई रोक्न कोसिस गरेनन् । भाइले भने दाजु नजानु न भनेर निकै बिन्ती गर्यो तर कमल आफ्नो सोचमा अडिग रह्यो । 
केही वर्षपछिको कुरा हो । कार्तिक आफ्नो बुबासँग नेपाल र बङ्गलादेशबिचको फुटबलको खेल हेरिरहेको थियो । खेलाडीहरूको नाम भनिरहेको बेला एउटा नयाँ खेलाडीको परिचय गराइयो । सोही खेलाडीको नाम थियो - कमल थापा । टेलिभिजनमा आफ्नै छोरालाई देखेपछि बुबा निकै नै छक्क परे । आमालाई पनि बोलाउनुभयो । भाइ भने निकै खुसी भएको थियो । दाजुले घर छोड्नु अगाडि तिमीले एकदिन मलाई टेलिभिजनमा देख्नेछौ भनेको कुरा उसको दिमागमा आयो । फुटबलको त्यस खेलमा कमलले दुई गोल हानेर नेपाललाई विजयी गरायो । आफूहरूकै कारण कमलको मानसिक अवस्था बिग्रिएको र उसले घर छोड्नु परेको महसुस गरे । उनीहरू आफ्नो गल्तीप्रति सचेत भए । सबै बालकको एउटै रूचि हुँदैन । हरेक बालक अरूभन्दा भिन्न हुन्छ । उसको रूचि र सपनालाई प्रोत्साहन गर्नु  हरेक अभिभावकको कर्तव्य हो ।