Logo

Student Corner

ताराहरू

Written by: Aashrab Khanal - 22001, Grade XII

Posted on: 14 December, 2021

तारा भनेर वैज्ञानिकहरू एक खगोलीय वस्तु हाे, जसमा प्लाज्मा हुन्छ र यो आफ्नो गुरुत्वाकर्षणले सँगै बसेको हुन्छ । तारा भनेपछि हाम्रो दिमागमा सूर्यका बारेमा धेरै कुराहरू आउँछन्, जस्तैः ‘पृथ्वीको सबैभन्दा नजिकको तारा सूर्य हो ।’ सूर्य नभए पनि हामीले अन्य धेरै ताराहरू रातमा नाङ्गो आँखाले देख्न सक्छौँ । ताराहरूलाई हेर्दा अर्कै खालको विचार र मनमा सन्तुष्टि आउँछ ।

पृथ्वीबाट हेर्दा ताराहरू विन्दुका रूपमा देखा पर्छन् । सबैभन्दा प्रमुख ताराहरू नक्षत्रमा हुन्छन् र त्यस्ता धेरै उज्याला ताराहरूको उचित नामहरू राखिएका छन् । अवलोकनयोग्य ब्रह्माण्डमा १०२२ देखि १०२४ ताराहरू अनुमान गरिएका छन् तर ती ताराहरू हामी आफ्ना नाङ्गा आँखाले देख्न सक्दैनौँ । ताराको जीवन मुख्यतया हाइड्रोजनबाट बनेको सामग्रीको ग्यासीय नेबुलाको गुरुत्वाकर्षणीय पतनबाट सुरु हुन्छ । ताराको कूल मासले यसको विकास र भाग्यको निर्धारण गर्ने काम गर्छ । ताराको जीवनकालको अन्त्यमा त्यसको मास धेरै भयो भने त्यो ब्ल्याक होल वा न्युट्रोन तारा बन्न सक्छ । ताराहरूले अन्य खगोलीय वस्तुहरूसँग मिलेर सौर्य प्रणाली पनि बनाउन सक्छन् ।

ताराको बारेमा सबै कुरा यसको प्रारम्भिक मासद्वारा निर्धारण गरिन्छ, जसमा चमक, आकार, विकास, आयु र यसको अन्तिम भाग्यजस्ता विशेषताहरू पनि हुन्छन् । धेरैजस्ता  ताराहरू १ बिलियनदेखि १० बिलियन वर्ष पुराना हुन्छन् । जति ठुलो तारा हुन्छ, त्यति नै छोटो त्यसको आयु हुन्छ । मुख्यतया ठुला ताराहरूको कोरमा बढी दबाब हुन्छ, जसले गर्दा उनीहरूले हाइड्रोजन छिटो जलाउँछन् । ताराहरू भारी तत्त्वहरूको सानो अंशबाट मात्र बनेका हुन्छन् । विशाल ताराहरूको सतहको तापक्रम ५०,००० K  को हुन सक्छ । सूर्य एउटा सानो नारा भएकाले यसको सतहको तापक्रम अरू ठुला ताराहरूको तुलनामा कम छ । कोरमा ऊर्जाको उत्पादनले गर्दा ताराहरू धेरै चम्किलो रूपमा चम्कने गर्छन् । ताराहरूको कोरमा दुई वा बढी परमाणु केन्द्रकहरू एकसाथ फ्युज भएर नयाँ भारी तत्त्व बनाउँछन्, जसले गर्दा धेरै ऊर्जा आउँछ । तारकीय स्पेक्ट्रम प्रयोग गरेर खगोलविद्हरूले सतहको तापक्रम र गुरुत्वाकर्षण, धातुपनको निर्धारण गर्न सक्छन् ।

तपाईंलाई थाहा नहुन सक्छ तर ताराहरू आफैँसँग निरन्तर सङ्घर्षमा हुन्छन् । ताराको सम्पूर्ण पिण्डको गुरुत्वाकर्षणले यसलाई भित्र तान्छ तर प्रकाशले त्यसलाई सन्तुलनमा राख्छ । ताराहरू सूर्यबाहेकका पृथ्वीबाट धेरै टाढा छन् । पृथ्वीको सबैभन्दा नजिकको तारा प्रोक्सिमा सेन्टौरी हो, जुन ४.२ प्रकाश वर्ष टाढा अवस्थित छ । सबैभन्दा छिटोअन्तरिक्ष यानमा पनि पृथ्वीबाट त्यहाँ पुग्न ७०,००० भन्दा बढी समय लाग्ने वैज्ञानिकहरूले अनुमान गरेका छन् । ताराहरू हामी मानिसहरूका लागि रोचक र चाखलाग्दो कुरा बनेको छ ।