Logo

Student Corner

भगवान्

Written by: Aarav B.C. - 25001, Grade IX

Posted on: 13 December, 2021

भगवान् को हो ? भगवान् कहाँ हुनुहुन्छ ? भगवान् के हो ? हामी मानिसहरूको भगवान्बारे फरक दृष्टिकोण छ । कोही  भन्छन्,  “भगवान् एक सर्वशक्तिमान् अलाैकिक शक्ति हो” जसले ब्रह्माण्डकाे रचना गरे भन्ने सुनिन्छ, भने कोही भगवान्को अस्तित्व नै छैन भनी झुटो विश्वास हो पनि भन्छन् । कोही भगवान्  बुद्ध जस्तै मान्छे हुन् पनि भन्छन् । ठिक छ, यो सबै मानिसहरूको विचार र तिनीहरूको धर्मले तिनीहरूलाई के सिकाएको छ भन्ने कुरामा निर्भर गर्दछ। उदाहरणका लागि क्रिस्चियनहरूले विश्वास गर्छन् कि परमेश्वरले येशु ख्रिष्टको रूपमा मानव रूप धारण गर्नुभयो र परमेश्वर आज पवित्र आत्माको कामद्वारा उपस्थित हुनुहुन्छ। जबकि हिन्दु र अन्य धेरै धर्महरूले विश्वास गर्छन् कि भगवान् ब्रह्माण्ड बनाउनुहुने सर्वोच्च हुनुहुन्छ। परिभाषा धर्म अनुसार फरक छ।  हामीलाई ईश्वरको सही अर्थ वा परिभाषा थाहा छैन ।
म व्यक्तिगत रूपमा भगवानमा विश्वास गर्दिन तर म के विश्वास गर्छु कि ब्रह्माण्डमा राम्रो र खराबको सन्तुलन कायम राख्ने केही चीज छ। भगवान् जस्ताे लागे पनि यो भगवान् हुन सक्छ वा नहुन सक्छ। देवताहरूको बारेमा कसैलाई केही थाहा छैन । बाइबल, रामायण आदि जस्ता धेरै पुस्तकहरू छन् जसमा देवताहरूको बारेमा कुरा गरिएको छ । तर ती पवित्र पुस्तकहरूमा लेखिएका सबै कुराहरू सत्य हुन् भनेर कसैले प्रमाणित गर्न सक्दैन। गुगलका अनुसार विश्वको कुल जनसङ्ख्याको करिब ८५% प्रतिशतले भगवानमा विश्वास गर्छन् भने अन्य १५%ले मान्दैनन् । 
हामीलाई अझै पनि थाहा छैन कि भगवान्को हो, के हो वा कहाँ छन् । यो साँच्चै एक धेरै रहस्यकाे विषय हो । काेही मानिसहरू भन्छन् कि “भगवान् आफ्नो सिंहासनमा हुनुहुन्छ” । यो पनि विश्वास छ कि जब मानिसहरूको मृत्यु हुन्छ तब आत्मा मर्दैन । फेरि हामीसँग यसको कुनै प्रमाण पनि हुँदैन । त्यसैले यो साँच्चै एक रहस्यमा समाप्त हुन्छ।भगवान् वास्तवमा कहाँ, को र के हुनुहुन्छ भन्ने प्रश्नको जवाफ हामीले अझै पाउन सकेका छैनौँ।