Logo

Student Corner

गाई

Written by: Prasiddha Shrestha - 28008, Grade IV

Posted on: 13 December, 2021

गाई नेपालकाे राष्ट्रिय जनावर हाे । याे घरपालुवा जनावर हाे । नेपालमा हिन्दू धर्म मान्नेहरूले गाईलाई लक्ष्मीका रूपमा पूजा पनि गर्छन् । गाईकाे दुध धेरै पाेषिलाे हुन्छ । यसकाे बहरलाई किसानले हलाे जाेत्नका लागि प्रयाेग गर्छन् । गाईकाे दुधबाट दही, माेही,नाैनी, बटर, पनिर इत्यादि बनाउन सकिन्छ । गाईकाे दुध मात्र नभइ गाेबर र गहुँत पनि शुद्ध मानिन्छ । गाईकाे गाेबरले पाेतेकाे ठाउँलाई पवित्र मानिन्छ । गाईकाे मृत्यु भइसकेपछि यसकाे छाला विभिन्न सामग्री बनाउन प्रयाेग गरिन्छ भने हड्डी चाहिँ टाँक, चुरा बनाउनका लागि पनि प्रयाेग गरिन्छ ।  त्यसैले गाईलाई एउटा उपयाेगी जनावरका रूपमा लिन सकिन्छ ।