Logo

Student Corner

प्रेरणा कथा समीक्षा

Written by: Shuvee Lamichhane - 29033, Grade V

Posted on: 13 December, 2021

प्रेरणा कथा कक्षा पाँचकाे नेपाली पाठ्यपुस्तकमा रहेकाे प्रेरणादायी कथा हाे  । यस कथामा डाेल्मा र कृष्ण प्रमुख पात्रका रुपमा छन् । यी दुवैले असल पात्रकाे भूमिका निभाएका छन् । 
कृष्णले काठमाडाैँका अनाथ र सडकबालबालिकाकाे प्रतिनिधित्व गरेकाे छ । 
कथाबस्तु 
याे कथा यसरी सुरू हुन्छः काठमाडाैँकाे नयाँ सडकमा डाेल्मा शिक्षकलाई कसैले बाेलाउँछ । डाेल्माले त्याे केटालाई चिन्दिनन् । पछि मात्र केटाले आफूलाई चिनाउँदा डाेल्माले चिन्छिन् । एक वर्ष अगाडि सडकमा एकदुई रुपिँया मागेर खाने कृष्णलाई डाेल्माले दुईसय रुपिँया दिएकी थिइन् । त्यही पैसाले जुत्तामा पालिस लगाउने सामान किनेर अहिले पैसा कमाउन थालेकाे रहेछ र डाेल्मा गुरूआमालाई फिर्ता गर्न लागेकाे रहेछ ।त्यही केटाकाे नाम कृष्ण थियाे । डाेल्मा शिक्षकले कृष्णलाई त्याे पैसा आफूजस्तै केही र काेही नभएकालाई दिनु र आफ्नाे कथा सुनाइ प्रेरणा दिनु भनेर फिर्ता दिनुभयाे । 
परिवेश
प्रेरणा कथाकाे मुख्य परिवेश काठमाडाैँकाे नयाँ सडक वरिवरिकाे छ । त्यहाँकाे पिपलबाेट, नेपाल बैङ्क लिमिटेड, गाेरखापत्र छाप्ने ठाउँ आदि यसका परिवेशका रुपमा आएका छन् ।