Logo

Student Corner

पहिलो विश्वयुद्ध

Written by: Remoon Gorkhali - 24004, Grade X

Posted on: 10 December, 2021

ग्रेटवारका नामले चिनिने पहिलो विश्वयुद्ध २८ जुलाई १९१४ देखि ११ नोभेम्बर १९१८ सम्म चलेको थियो । विश्वका ठुला देशहरूले आफ्नो उद्योगको निम्ति कच्चा पदार्थ प्राप्त गर्नका साथै आफ्ना देशमा मेसिनद्वारा उत्पादित सामानहरू बेच्नको निम्ति संसारका कमजोर देशहरूलाई उपनिवेश बनाउन चाहन्थे । यो उद्देश्य प्राप्तिको निम्ति सैनिक शक्तिमा वृद्धि गराउनुका साथै कुटनैतिक सन्धिहरु पनि गरे । यो होडबाजीमा राष्ट्रहरूबिच अविश्वास र वैमनस्यता बढ्यो र युद्धको वातावरण सिर्जना भयो । अस्ट्रियाको सिंहासनको उत्तराधिकारी आर्चड्युक फर्डिनेंड र उनकी पत्नीको हत्या यस युद्धको तात्कालिक कारण थियो। यसको  एक महिनापछि अस्ट्रियाले सर्बिया विरुद्ध युद्धको घोषणा गर्यो । रुस, फ्रान्स र बेलायतले सर्बियालाई सहायता गरे भने जर्मनीले अस्ट्रियालाई । 
युद्ध युरोप, एसिया अनि अफ्रिकाका  तीन महाद्वीपहरूमा जल, थल तथा आकाशमासमेत चल्यो । सुरुमा जर्मनीले जित्यो । सन् १९१७ मा जर्मनीले धेरै व्यापारिक जहाजहरूलाई डुबाइदियो । यसले गर्दा अमेरिका ब्रिटेनको तर्फबाट युद्ध स्थलमा उत्रियो तर रुसी क्रान्तिको कारण रुस यस युद्धबाट पछाडि हट्यो । सन् १९१८ मा ब्रिटेन, फ्रान्स र अमेरिकाले जर्मनादि राष्ट्रहरूलाई पराजित गर्यो । जर्मनी र अस्ट्रियाको अनुरोधमा ११ नोभेम्बर १९१८ मा युद्धको समाप्ती भयो। 
द्वन्द्वको क्रममा जर्मनी, अस्ट्रिया-हङ्गेरी, बुल्गेरियालगायत केन्द्रीय शक्तिहरूले ग्रेट ब्रिटेन, फ्रान्स, रुस, इटाली, रोमानिया, जापान र संयुक्त राष्ट्रका विरुद्ध लडे । धेरै युरोपेली देशहरू बीच विशेष गरी अस्ट्रिया-हंगेरीको बोस्निया, सर्बिया र हर्जेगोभिनाबिच तनाव उत्पन्न भएको थियो । ओटोम्यान साम्राज्य, रुस र अन्य दलहरूलाई वर्षौंसम्म समावेश गरी धेरै गठबन्धनहरू बनाइयो त्यसैले जर्मनहरूले रुसीहरूलाई आक्रमण गरे ।

पहिलो विश्वयुद्धले  धेरै मानिसहरूको नरसंहार गर्यो । जर्मनी, रुसी,अटोमन साम्राज्य  र अस्ट्रेलिया-हङ्गेरी साम्राज्यको अन्त, युरोप तथा मध्यपूर्वमा नयाँ देशहरूको स्थापना भयो ।  जर्मन-उपनिवेशहरूमा अरू  शक्तिहरूले  कब्जा गर्न थाले । भर्सेलिज सन्धि तथा लिग अफ नेशनसको स्थापना भयो । बेलायत, फ्रान्स, अमेरिका, रुस, इटाली आदि देशहरूका तर्फबाट ५५,२५०००  र अस्ट्रेलिया, हंगेरी, जर्मनी, अटोमन, बुल्गेरिया आदि देशहरूबाट ४३, ८६००० सेनाहरू मारिए । दुवैतर्फ थुप्रै सेना घाइते भए र थुप्रै सेना हराए ।