Logo

Student Corner

जङ्गलको कथा

Written by: Prashraya Shrestha - 26014, Grade VIII

Posted on: 10 December, 2021

एउटा ठुलो जङ्गलमा एउटा सानो हरिण एक्लै बस्थ्यो । उसको आमा ऊ सानो हुँदा बाघको सिकार भएकी थिइन् र बुबा पहिले हरिणको बथानबाट छुटिएर टाढा गएका थिए ।

एक दिन त्यो सानो हरिणलाई धेरै भोक लागेर खोलाको बगरमा मिठो र कलिलो घाँस खान जाँदा उसले बाटोमा एउटा ठुलो सिंहलाई भेट्यो । सिंहले उसलाई  "तिमी पूर्वतिरको हरिण यता पश्चिममा के गरिरहेका छौ" भनी हप्कायो। सानो हरिणले "म यहाँ तपाईको हरियो र सुन्दर जङ्गलबाट कलिलो घाँस खान आएको हुँ । सिंह बिस्तारै हरिणको नजिक आई उसलाई खान खोज्याे  । जब सिंहले झम्टेर हरिणलाई खान खोज्याे तब ऊ दुई ढुङ्गाको च्यापमा पर्‍याे । त्यही पनि अझ हरिणलाई खान खोज्दा ऊ सिकारीको पन्जामा  पर्‍याे।  सिकारीले सिंहको ढाडमा गोलि हान्याे । हरिण त्यही मौका छोपी त्यहाँबाट पर भाग्याे  र आफ्नो इलाकामा आएर बस्याे ।

भोलिपल्ट हरिण फेरि त्यही जङ्गलमा घाँस खान गयाे । तब त्यस दिशाका अरू जनावरहरूले  सानो हरिणको जय जयकार गरे र  उसलाई सम्मान दिए । एउटा ठुलो जरायोले भन्याे, “हामी यो  दिशाका जनावरहरू त्यो दुष्ट  सिंहको अन्यायबाट पीडित थियाैँ  यसले हामीलाई धेरै दुख दिएको थियाे । हामी यो जङ्गलमा घाँस र पानी  खान आउँदा हाम्रा साथीहरूलाई धेरै दुख दिएको थियो  । तिम्रो सहयोगले यो दुष्ठ सिंहको अन्त्य भयो । तिमी धन्य रहेछौ । अब हामी सबै मिलेर सुखसँग यो जङ्गलमा बस्नुपर्छ । “ त्यसपछि त्याे हरिण पनि पनि त्यहीँ बस्न थाल्याे ।