Logo

Student Corner

नेपाल

Written by: Snigdha Chaudhary - 30047, Grade IV

Posted on: 10 December, 2021

नेपाल एउटा हिमाली देश हाे । यहाँका मानिसहरू अधिकांश रूपमा नेपाली नै बाेल्दछन् । यहा धेरै जातजातिका मानिसहरूकाे बसाेबास रहेकाे छ । कतिपय जातजातीहरूकाे आफ्नै भाषा पनि रहेका छन् ।  तिनीहरूका फरकफरक संस्कृति रहेका छन् । फरकफरक संस्कृति ,भाषा भेष भए तापनि यस देशका मानिसहरू एकआपसमा मिलेर बस्छाैँ । हामीहरू कसैले पनि एकअर्कालाई सम्मान गरेर बस्छाै । त्यसैले नेपाललाई थरीथरी फूलहरूकाे एउटै साझा फूलबारीका रूपमा पनि लिन सकिन्छ ।  यस देशकाे राष्ट्रिय चरा डाँफे हाे भने राष्ट्रिय फूल लालीगुराँस हाे । यसैगरी राष्ट्रिय जनावर गाई हाे भने राष्ट्रिय हतियार खुकुरी हाे । 
नेपालका दुई विशाल छिमेकीहरू छन् । ती भारत र चीन हुन् । यिनीहरू ठुलाठुला छन् त्यसैले नेपाललाई दुई ढुङ्गाबिचकाे तरूल पनि भन्ने चलन छ । हामीहरूले आफ्नाे देशलाई धेरै माया गर्नुपर्छ ।