Logo

Student Corner

फिल्ड भिजिट मेरो अनुभव

Written by: Anushka Basnet - 24001, Grade X

Posted on: 09 December, 2021

मङ्सिर ९गते विद्यालयले हामी कक्षा १० का विद्यार्थीहरूलाई ऐतिहासिक स्थानको भ्रमणका लागि गयौँ। विद्यालयबा
ट ९ :३० बजे निस्केर १० :बजे भक्तपुर पुग्यौँ। मौसम अलि चिसो थियो। मङ्सिरको महिना भए पनि घाम भने राम्ररी लागिरहेको थियो  । हामी भक्तपुर दरबार सङ्ग्रहालय गएका थियौँ  । हामी अति उत्साही थियौँ । यो हाम्रो लागि राम्रो अवसर थियो  । 
भक्तपुर दरबार सङ्ग्रहालय भित्र छिरेपछि त्यहाँ हामीले प्राचीन शिलालेख, विभिन्न लिपी तथा कलाकृतिहरूलाई संरक्षण गरिएको रहेछ । त्यसै समयमा त्यहाँ चलचित्र सुटिङ्ग पनि चलिरहेको रहेछ । एकछि त्यो दृश्य पनि नियाल्यौँ  ।  त्यसपछि हामी धातु सङ्ग्रहालयको अवलोकन गर्न थाल्यौँ  । किताबमा पढेका कुरा प्रत्यक्ष देख्ने अवसर पाउँदा निकै खुसी लाग्यो । पढेर मात्रैभन्दा प्रत्यक्ष देखेको कुरा लामो  समयसम्म सम्झिन सकिने रहेछ । त्यहाँ भएका पुरातात्विक कुराहरूको अवलोकन गरेपछि भक्तपुरको प्रसिद्ध जुजु धौ र जापानिज बोबा पनि खायौँ । हाम्रो भ्रमणको उद्देश्य ऐतिहासिक स्थलको अवलोकन थियो  । सो क्षेत्रको अवलोकन गरेपछि साथीहरूसँग एकापसमा कुरा गर्दै खाजा पनि खायौँ । अब हाम्रो अवलोकनको दोस्रो स्थल चाँगुनारायण थियो । अलिकति पैदल हिँडेर बस चढ्यौँ र चाँगुनारायणतर्फ लाग्यौँ । चाँगुनारायण पुगेपछि त्यहाँ हामीले राम शाहको पालादेखि प्रचलनमा रहेका ढक, तराजु आदि देख्यौँ  । त्यो स्थान मलाई औधी मनपर्यो । 
करिब चार बज्न लागेको थियो । केहीबेर त्यहाँको अवलोकनपछि हामी बस चढ्यौँ  र विद्यालय फर्कियौँ  । त्यहाँ हामीले देखेका कुराहरू अरूलाई पनि सुनायौँ । यो ज्ञान र मनोरञ्जन लिने एक महत्त्वपूर्ण स्थान रहेछ ।