Logo

Student Corner

पुस्तक समीक्षा: मामामाइजू

Written by: Eshanee Manandhar - 28004, Grade VI

Posted on: 09 December, 2021

विषय प्रवेश: 
मामामाइजू भन्ने किताब एउटा बाल कथा सङ्ग्रह हो । यस कथा सङ्ग्रहमा जम्मा चारओटा कथाहरू रहेका छन् । कथा सङ्ग्रहकाे बाहिरी आवरण रङ्गीन छ भने भित्रका पानाहरू श्यामश्वेत छन् । श्यामश्वेत भए पनि चित्रहरू राम्रा छन् । यो किताब पाठ्यक्रम विकास केन्द्रले प्रकाशन गरेकाे हाे । बालकथा सङ्ग्रहभित्र कथाहरूका लागि सामग्री सङ्कलन चाहिँ इन्दिरा चालिसे र उहाँको टोलीले गरेकाे हाे । किताबमा रहेका राम्रा चित्रहरू गौतम मानन्धरले निर्माण गरेका हुन्। 
कथाहरू:
मामामाइजू 
एक गाउँमा एउटा परिवार थियो, जहाँ लोग्ने र स्वास्नी मात्र बस्थे । त्यो परिवारमा उनीहरू दुईजना मात्र बस्थे । उनीहरूका बालबच्चाहरू पनि थिएनन् । उनीहरू खेतमा काम गर्थे र एकअर्कासँगै खुसीसाथ बस्थे । चाडपर्वको दिन उनीहरू आफ्नो पाहुनाकहाँ जान्थे र कहिलेकाहीँ पाहुनाहरूलाई आफ्नो घरमा बोलाएर खुवाउँथे । दसैँमा राम्रो लाउने, खसी, हाँस, कुखुरा र बोका काटेर भोजमा खाने भनेको त पहिलैदेखिको परम्परा थियो । उनीहरूसँग कुखुरा नभएर स्वास्नीले आफ्नो माइतीमा गएर कुखुरा लिएर आएकी थिइन् । दसैँको दिन उनीहरू दुबैजना देवीको मन्दिरमा गएर पूजा गर्थे । कुखुरा काट्थे र राति आफैँले बनाएको खानेकुरा भो
च कुराकानी र झगडा भएछ । लोग्नेले आफूले भालेको टाउको  खानुपर्छ भनेर ठानेछ र स्वास्नीले चाहिँ आफूले भालेको टाउको खान पाउनुपर्छ भनिछन् ।  किनभने स्वास्नीले त्यो  कुखुरा आफ्नो माइतीबाट ल्याएकी थिइन् । दुईजना बिच झगडा भएछ र दुबैजनाले हार मानेनन् । झगडा गर्दा गर्दै पकाएको गेडागुडी र अरू खानेकुराहरू भुइँमा खसेछ। दुबैजना जना जिद्दी बन्दै एक सम्झौता गरेछन्। सम्झौता थियो भने जो नबोली बस्छ, त्यसले नै कुखुराको टाउको खानेछ। उनीहरूको झगडा तल बस्ने मान्छेले सुनेछन् र दौडिदै माथितिर आएछन् । त्यो मान्छे उनीहरूको भान्जो रहेछ। भान्जोले त्यो भुइँमा छरिएको खानेकुरा देखेछ र पहिला चाहिँ आफ्नो मामा र माइजूलाई कराएछ। दुबै जना बोलेनछन् । कोही पनि नबोलेपछि भान्जाले मामाको पाखुरालाई घच्घच्याउँदै मामालाई बोलाएछ। अँह !  मामाले जवाफ दिएनछन् । भान्जाले आफ्नो माइजूलाई पनि घचघच्याउँदै बोलाएछ । झन्डै ढल्न लागेकोले माइजूले “किन घच्घच्याइरहेको भान्जा ? ” भनेर सोधिछन् । मामाले त्यो सम्झौता सम्झेर त्यो कुखुराको टाउको लिएर खान थालेछन् । माइजूले चाहिँ आफूले कुखुराको टाउको खान नपाएर भान्जालाई कराइराखिन्। अन्तिममा भान्जाले बल्ल झगडाको कारण थाहा पाएछ । 
सखापै पारेछ । त्यसपछि अक्कलेलाई अलि आनन्द भएछ र घरमा गएर सुतेछ । भोलिपल्ट ऊ उठेर आफ्नो खेतमा काम गर्न गएछ । लाले  पनि आएछ र अकल्लेको शरीरमा हानि नदेखेकोले ऊ छक्क परेछ ।

काकी 
एउटा गाउँ थियो जसमा एक वृद्ध महिला रहन्थिन्। उनी आफ्नो घरमा एक्लै बस्दै घरको काम गर्थिन् । छिमेकीले उहाँलाई मन पराउँदैनथे किनकि उनी अरूसँग धेरै असभ्य व्यवहार गर्थिन् । चाडपर्वमा थोरै मानिसहरू उनीकहाँ आएर केही खाना प्रदान गर्थे । चाडपर्वमा थोरै मानिसहरू उनीकहाँ आउँथे र केही खानेकुरा उनलाई दिन्थे l दुईजना केटाहरू प्रायः उनीकहाँ आउँथे । उनीहरूको नाम मङ्गले र चन्द्र थियो । दुबै जनाले त्यो वृद्धलाई काकी भन्थे । कहिलेकाहीँ उनीहरूले पनि काकीको पिटाइ खानु पर्थ्यो। जेठको बेलामा सिठीनख पर्‍याे । यस पर्वमा कुल देउतालाई पूजा गर्नुपर्थ्यो। यो पर्वमा बारा खानुपर्थ्यो। बाराहरू आफन्त र नातेदारहरूसँग पकाएर मन्दिरमा गएर भगवानलाई चढाउनुपर्थ्यो । काकीले पनि अघिल्लाे दिन बारा बनाउने चिजहरूलाई तयार बनाइसकेकी थिइन् । भोलिपल्ट काकी बारा पकाउने काममा लागिन्  । मङ्गले र चन्द्रले बारा पाकिरहेको बास्ना थाहा पाए । दुबै जनाले माथि गएर काकीले बारा पकाइरहेको देखे । दुबै जनालाई बारा खाना मन लागेछ । काकीसँग खाने इच्छा राख्दा पनि बारा खान पाइदैन्थ्याे किनभने काकी साह्रै लाेभी थिइन् । काकीलाई कसले बोलाइरहेको जस्तै लागेछ ।  त्यसैले उनी तल हेर्न गइछिन् । त्यही बेलामा मङ्गले र चन्द्र बारा खान गएछन् ।  बारा उनीहरूलाई यस्तो मिठो लागेछ कि दुबै जनाले सबै पकाएको बारा सिध्याएछन् । काकी भान्छामा आएपछि आफूले पकाएको बारा नदेखेपछि यताउता हेर्न थालेछन् र मङ्गले र चन्द्र लुकिरहेको देखिछन्। काकीले लौरो लिएर दुबैजना लाई पिट्न थालिछन्। दुबैजना छिटो छिटो तल भागेछन्। बुढी काकी पनि भर्‍याङबाट चिप्लेर लडिछन् । काकी धेरै समयसम्म उठ्न सकिनछिन् ।  मङ्गले र चन्द्र चाहिँ भागेछन् ।

चतुरेको चलाखी 
एउटा गाउँमा एउटा केटा थियो । ऊ निकै चलाख पनि थियो त्यसैले सबैले उसलाई चतुरे भन्थे ।  एक दिन ऊ आफ्ना बाख्राहरू चराइरहेको थियो । एउटा बाघ झम्टेर आएछ। बाघ देखेर चतुरेको साताे उड्याे । खासमा बाघ सहयाेगका लागि चतुरेनेर आएकाे थियाे । बाघले आफ्नो मुखमा भएको गँगटाे निकालिदिन भनेछ ।  चतुरेले त्यो गँगटाे निकलिदिएछ । बाघ चतुरेलाई गाउँमा के भएको नभन्नू है भनी चतुरेलाई भनेछ तर चतुरेले त गाउँ पुगेपछि आफूले बाघसँग गरेका हरेक कुराकानीहरूकाे बेलीबिस्तार लगाएछ । भाेलिपल्ट त्याे कुरा बाघले थाहा पनि पाएछ । बाघ रिसाउँदै  चतुरेलाई खान आएछ । त्यही बेलामा चतुरे रूखमा चढेर ज्यान जाेगाएछ । बाघले मैले जुन कुरा तिमीलाई नभन्न भनेकाे थिएँ, किन तिमीले त्यही भन्याै भनी बाघले चतुरेलाई गाली पनि गर्‍याे । अब म तिमीलाई बाँकी पनि राख्दिनँ भनी बाघ गर्जेछ । त्यही बेलामा चतुरेले जुक्ति निकालेछ । उसले हातमा लठ्ठी त पहिल्यै लिएकाे थियाे । रूखमा उभिएर लठ्ठी माथिमाथि घुमाएछ । बाघले के गरेकाे भनेर साेध्दा “मैले गँगटाे यतै रूखमा लुकाएकाे छु । अब निकाल्न पर्‍याे । भनेर लठ्ठी घुमाएकाे हुँ” भनेर भनेछ । बाघकाे साताे गएछ । त्यहाँबाट बाघ कुलेलम ठाेकेछ ।

निष्कर्ष:
याे बाल कथा सङ्ग्रहमा सङ्ग्रहित चारवटा कथाहरू वास्तविक कथाभन्दा पनि काल्पनिक रूपमा कथावस्तु बुनिएकाजस्ता देखिन्छन् । कथामा मानवीय र अमानवीय पात्रकाे  पनि  प्रयाेग गरिएकाे छ । कथाकाे भाषा अत्यन्तै सरल छ, जसले गर्दा हाम्राे उमेर र स्तरका लागि उपयुक्त नै छ जस्ताे लाग्छ ।