Logo

Student Corner

काेराेनाकाे समय

Written by: Bishop Chalise - 29010, Grade V

Posted on: 09 December, 2021

काेराेना भाइरस विश्वमा द्रुत गतिमा फैलियाे । संसारका धेरै देशलाई यसले शिथिल बनायाे । तसर्थ विश्व समुदाय नै घरमा बस्न बाध्य भयाे । हाम्राे विद्यालयकाे पठनपाठन र खेलकुद बन्द भयाे । गर्मी महिनाका उराठलाग्दा दिनकाे हाम्राे दैनिकी झनै उराठलाग्दाे बन्याे । त्यही समयमा हाम्राे विद्यालयले घरैबाट पढ्ने कार्यक्रमलाई अगाडि ल्यायाे । घरमा बसेर हामीले गुगल मिटकाे सहयाेगमा अनलाइन कक्षा लियाैँ । कक्षा लिन पाउँदा खुसी त लागेकाे थियाे तर बेलाबेलामा बत्ती जाँदा र इन्टरनेट जाँदा हाम्राे कक्षा बिचमै राेकिन्थ्याे तर पनि हामीले  सिक्न पाएका थियाैँ । जसकाे फलस्वरूप हामीले शिक्षाकाे नयाँ स्वरूप पायाैँ । हामी एक तरिकाले त्रसित र दिक्दार भइसकेका थियाैँ । अर्काेतिर आफ्नाे भावना साट्नकाे लागि साथीहरूसँग भेट्न पाएका थिएनाैँ । यस्तै दुविधाहरूकाे विचमा हाम्राे विद्यालय खुल्याे । हामी सावधानी अपनाएर विद्यालय जान थाल्याैँ । करिब २ महिना हामी विद्यालयमा खेल्न र पढ्न पायाैँ । काेराेनाले फेरि नयाँ रूप लिएकाे छ । सङ्क्रमित बढ्दै गएका छन् । मर्ने मानिसकाे सङ्ख्या पनि बढ्दै छ । यस्ताे अवस्थामा के हुने हाे हामी सबै अलमलमा छाैँ ।