Logo

Student Corner

मलाई मनपर्ने फलफूल

Written by: Shiwanshu Kuikel - 30031, Grade IV

Posted on: 09 December, 2021

फलफूल विभिन्न प्रकारका हुन्छन् । जस्तैः केरा,मेवा,अनार,सुन्तला ,खरभुज आदि । माैसमअनुसार हाम्राे नेपालमा धेरै किसिमका फलफूलहरू पाइन्छन् । विभिन्न थरीका फलफूलमा मलाई आँप असाध्यै मन पर्छ जुन फलफूलकाे राजा पनि हाे । आँप साउन वा भदाैमा प्रशस्त मात्रामा पाइने माैसम हाे । आँपका पनि धेरै प्रकारका छन् । माल्दा, दसहरी, सुपारी आदि । काँचाे आँपकाे अचार पनि मिठाे हुन्छ । पाकेका आँप गुलियाे हुन्छ । आँपबाट अचार, पाउँ,मुरब्बा आदि बनाइन्छ । मलाई यसबाट बनेकाे सबै खानेकुरा मन पर्छ ।