Logo

Student Corner

बिरालाे

Written by: Sarvani Manandhar - 32016, Grade II

Posted on: 09 December, 2021

बिरालो घरपालुवा जनावर हो । बिरालो घरमा बस्छ । कुनै बिराला काला हुन्छन्, कुनै बिराला सेता हुन्छन्, कुनै बिराला टाटेपाटे हुन्छन् । बिरालोका चारवटा खुट्टा हुन्छन् । दुईवटा आँखा हुन्छन् । दुईवटा कान हुन्छन् ।  हामी बिरालोलाई मासु भात पनि खान दिन्छौँ । बिरालोले दुधभात पनि खान्छ । बिरालाका बच्चालाई न्याउरा न्याउरी भनिन्छ । बिरालोले मुसा मारी खान्छ । बिरालोलाई दुध साह्रै मन पर्छ ।