Logo

Student Corner

राम्रा बानीहरू

Written by: Aaron K.C - 31004, Grade III

Posted on: 09 December, 2021

बिहान हामी समयमा उठ्नुपर्छ । हातमुख धोएर तयार हुनुपर्छ । तातो पानी खानुपर्छ । बिहानको नास्ता खाई सकेपछि गृहकार्य गर्ने बानी बसाल्नुपर्छ । आफ्नो घरका कोठाहरूकाे सफाइमा पनि ध्यान दिनुपर्छ । आफ्ना लुगा, किताब, कापी, जुत्ता आदि सही ठाउँमा राख्नुपर्छ । आफूभन्दा सानालाई माया गर्नुपर्छ । ठुलालाई आदर गर्नुपर्छ । आफूले सकेको सहयोग सबैजनालाई गर्नुपर्छ । सबैसँग मिलेर बस्नुपर्छ । कसैलाई पनि भेदभाव गर्नुहुँदैन ।