Logo

Student Corner

सेतो सुन

Written by: Shashwot Poudyal - 23039, Grade XI

Posted on: 08 December, 2021

हुर्किएको  सेताे पहाडमा 
नौलिन्छ किन यहाँ ?
हुर्काएको माली किन 
थाम्दैन मलाई यहाँ ?

त्यो पौसे शीतमा
खोजिन्न मलाई यहाँ,
मोल उता मात्र किन 
हेपिन्छु म यहाँ ?

हिमाली भनी चिनिएकाे छु, 
तर जन्मेको मात्र थिएँ,
पहिरन नेपालीको भनेकाे छु, 
तर कुइरे बनेकाे छु ।

कति महँगो रहेछु म ? 
कति गरिब रहेछौ तिमी ? 
बिर्स्याै मलाई मात्र, 
या बिर्सिसक्याै आफूलाई ?