Logo

Student Corner

जँड्याहा

Written by: Jiya Sapkota - 25003, Grade IX

Posted on: 08 December, 2021

हातमा बोक्छ चुरोटको खिल्ली 
उडाउँछ धुँवा मस्तसँग 
चुस्की लिँदै मदिराको
प्रवचन दिन्छ सुराबेसुराको  ।

भन्छ ऊ दानवीर हो रे,
भन्छ उसले संसार सजायो रे,
काम पनि ठुलो गर्छ रे,
तर जीवन उसको अझै निराश छ रे।

उडाउँछ मदिरा र  खिल्लीसँगै धन,
समाज “कलङ्क" भन्छ, ऊ  भन्छ पापी जन। 
रसिला आँखा तर प्रफुल्लित मन,
खुसी पाउन गर्‍यो खर्च धेरै धन।

गाली खान्छ कति कति
तर सुधार्दैन आफ्नाे मति। 
रन्थनिदै लरबराउँदै खै केके भन्छ,
हेर्दै माथि आकाशमा नाैलाख तारा गन्छ। 
मनमा अनेक होलान् उसका पनि पीडा,
पिउन थाल्याे गर्न पीडा कम। 
बढ्न थाल्याे पीडा झन्झन्,
अस्तायाे संसार शून्यमा बिलायो तन।