Logo

Student Corner

मेराे भाइ

Written by: Yunisha Pathak - 30043, Grade IV

Posted on: 08 December, 2021

मेरा आमा र बुबाका आँखाका नानीहरू जस्तै प्यारा म र मेराे भाइ हाैँ । हामी घरमा धेरै मिलेर बस्छाैँ  खेल्छाैँ । खानेकुरा हरू पनि एकअर्कासँग बाँडीचुँडी खान्छाैँ ।भाइलाई मसँग खेल्न रमाउँछ । मलाई देख्नेबित्तिकै धेरै रमाउँछ तर मलाई एकछिन नदेख्दा उसलाई नरमाइलाे मान्छ र मलाई पनि उसलाई एकछिन नदेख्दा खल्लाे लाग्छ ।  मिलेर लेखपढ गरी हामी आमा बाबालाई धेरै सुख दिनेछाैँ ।  हामी सधैँ यसरी  मिलेर खेलेकाे देखेर सबै आफन्तले हाम्राे प्रशंसा गर्छन् । यसरी प्रशंसा पाउँदा हामीहरूलाई पनि धेरै खुसी लाग्छ ।