Logo

Student Corner

जङ्गल सफारीकाे अनुभाव

Written by: Eva Adhikari - 29012, Grade V

Posted on: 08 December, 2021

हामी चितवन भ्रमणकाे अन्तिम दिनकाे बिहानकाे ९ बजेतिर मेराे बाबा, ठुलीआमा,पाँचजना दाजुहरू र म जङ्गल सफारीकाे लागि गयाैँ । मेरी आमा,मामाघरकी  आमा,बुवा डराएर जानुभएन । हामी जिपमा गयाैँ । त्यहाँ अरू मानिसहरू पनि थिए । म जिपकाे छेउमा बसेकी थिएँ । म अलिअलि डराएकी पनि थिएँ । जङ्गलभित्र छिरेपछि राप्ति नदीकाे किनारमा गाेही सुतिरहेका थिए । मैले गाेहीकाे फाेटाे पनि खिचेँ । त्यसपछि मैले ठुलाठुला रूखहरू पनि देखेँ । पाँच वा दस मिनेट पछि हामीले टाढाटाबाट एक सिङ्गाे गैँडा देखेँ । त्यसबेला मलाई धेरै डर लागेकाे थियाे । त्यहा हामीहरूले विभिन्न चराचुरुङ्गी, जनावर र सर्पहरू पनि देख्याैँ । हामीहरूले खानेकुरा पनि लिएर गएका थियाैँ । निकै बेर सफारी गरेपछि भाेक लाग्याे अनि बाँडीचुँडी खायाैँ । घर फर्किने बेलामा हामीले हात्ती पनि देख्याैँ । हात्तीमाथि माउते पनि थियाे । त्याे हात्ती त्यत्राे ठुलाे भएर पनि माउतेकाे सबै कुरा मानेकाे देखेर बल भन्दा बुद्धि ठुलाे भन्ने कुरा मलाई याद आयाे । मलाई बाघ हेर्ने ठुलाे धाेकाे थियाे । बाघचाहिँ देखिएन । अर्काे पटक जाँदा जङ्गलकाे अलि भित्रपट्टि गएर बाघ पनि हेर्ने छाैँ । हाम्राे जङ्गल सफारी मात्र पाँच घण्टाकाे भए पनि धेरै रमाइलाे भयाे ।