Logo

Student Corner

प्रकृति

Written by: Shreebisha Shrestha - 23040, Grade XI

Posted on: 07 December, 2021

बादलहरू आउँछन्, आकाश ढाक्दै
प्रकृति हाँस्छिन्, मुस्कान छर्दै                                                                  
पातहरू हल्लिन्छन्, हावालाई छुँदै
फूलहरू फुल्छन्, मुस्कान भर्दै ।

बिरुवा अडिन्छन्, जराकाे बलले
खाेलाहरू बग्छन्, मूलकाे जलले
बिजुली चम्किन्छ, उज्यालाे छर्दै
बादल गर्जन्छ, गड्याङगुडुङ गर्दै ।

चराहरू चिर्बिराउँछन् रुखहरूमा डुल्दै
किराहरू घस्रन्छन् माटाेमा खेल्दै 
गाईहरू चर्छन् घाँसहरू खाँदै
म यही प्रकृति हेर्छु आनन्द लिँदै ।