Logo

Student Corner

दसैँ

Written by: Rushina Tamang - 26008, Grade VIII

Posted on: 07 December, 2021

गर्मीको महिना सकियो अब,
वर्षाको आयो पालो। 
कुच्चोले घरलाई सफा गर्छ,
भुईमा लाग्छ टालो।

दसैँ आयो भन्छन सबै,
निधारमा टिका रातो।
सबै परिवार मिलेर आउँदा,
आत्मीयता ताताे ।

सबैतिर झिलिमिली,
रात रङ्गीन रहेकाे । 
बिहानकाे समयमा हेर्दा,
चङ्गाले आकाश रङ्गीन भएको।

पिङ्मा खेल्न पाइने भैयो,
नयाँ लुगा लगाउने।
विदेश विदेशमा बस्नेहरू
गाउँ घरमा फर्कने।

दसैँको बेला सबैतिर,
खुसियालीले भरेको घर। 
सबैकाे घर आँगनमा आउने छ ,
तिहारको लहर।