Logo

Student Corner

मेराे रमाइलाे गाउँ

Written by: Sumedha Adhikari - 29036, Grade V

Posted on: 07 December, 2021

मेराे गाउँ धादिङकाे केवलपुरमा पर्छ । महेश खाेला तरेपछि मेराे गाउँकाे उकाली सुरू हुन्छ । उकालीमा हिँड्दा थकाइ पनि लाग्छ रमाइलाे पनि लाग्छ । मेराे गाउँ पुग्न अरू गाउँ र चाैतारी हुँदै पुग्नुपर्छ । वरपिपलकाे चाैतारीमा बसेर थकाइ मार्छु । त्यसरी बस्दा मलाइ धेरै आनन्द लाग्छ । चाैतारीमा फिरफिर चलेकाे हावाले मेराे पसिना पनि सुक्छ । माथि चाैतारीबाट तल हेर्दा गाडीहरू गुडिरहेकाे देखिन्छ भने आकासमा प्लेन पनि उडेकाे देख्दा झनै रमाइलाे लाग्छ । त्यसपछि चाैतारीबाट एकछिन हिँडेर घर पुग्छु । आफ्नाे घर पुगेपछि मलाई धेरै रमाइलाे लाग्छ । मेराे घरकाे बारीकाे वरिपरि आँप,कटहर, कागती, अनार, अम्बाका रुखहरू छन् । बारीकाे डिलमा सयपत्री र मखमली फूल फुलिरहेका देखिन्छन् । बारीमा कहीँ मकै,फापर, ताेरी फुलिरहेका हुन्छन् भने कहीँ आलु,काउली,मुला फलिरहेका हुन्छन् । बारीमा जाँदा मलाई नाचुँनाचुँ लाग्छ । जुरेली,ढुकुर जस्ता चराहरू चिरबिर गर्दै कराइरहेका हुन्छन् । राता, पहेँला जुरेली चरी देखेर समाउन पाए हुन्थ्याे जस्ताे लाग्छ । पारी जङ्गल सुसाइरहेकाे हुन्छ । बाटाेमा भारी बाेकेका मानिसहरू पनि देखिन्छन् । काेही गीत गाउँदै उकाली ओराली गरिरहेका हुन्छन् । अलिकति माथि डाँडामा पुगेर हेर्दा लेक हिमाल देखिन्छ । मेराे घर वरिपरिकाे वातावरण सफा र रमाइलाे छ । भुकम्पले मेराे घरलाई पनि नाेक्सान गरेकाे छ । मेराे त्याे घर मेरा हजुरबा, हजुरआमाले बनाउनुभएकाे हाे । त्याे मेराे घर राम्राे र ठुलाे छ तर अहिले हामीहरू त्याे घरमा बस्दैनाैँ । त्याे घरकाे हामीलाई धेरै माया लाग्छ । बाहिरबाट  टुलुटुलु हेर्छाैँ । ठुलाे आँगनमा घाँस उम्रेकाे छ । याे मेराे घर भएकाे प्याराे गाउँमा सधैँ जाऊँजाऊँ  लाग्छ । यसरी मेराे रमाइलाे गाउँकाे सम्झना मलाई सधैँ भरी भइरहन्छ ।