Logo

Student Corner

२०७२ साल बैशाख १२ गते मेरो अनुभव

Written by: Siddhartha Chaulagain - 30033, Grade IV

Posted on: 07 December, 2021

वि.स. २०७२ साल बैशाख १२ गतेकाे दिन मेरो लागि एकदमै कालो दिन थियो । म लगायत मेरा आमा बुवा दिदी खाना खाएर हामी एकैछिन गफगाफ गर्दै बसेका थियौँ । म र मेरी दिदी लुकामारी खेल खेलौँ भनी  उठ्यौँ ।  म मेरो घरको पछाडि लुक्न गएँ ।  मेरो दिदी मलाई देख्नको लागि आउँदैहुनुहुन्थ्यो र त्यहि समय अचानक भूकम्प आयो । जमीन बेस्सरी हल्लाएको कारण मेरी दिदी मलाई देख्न आउन सक्नुभएन । म लुकेर बसेको ठाउँमा एउटा पर्खाल थियो । भूकम्प आउना साथ त्यो पर्खाल म भएको ठाउँको साईडमा नढलेर अर्काे साईडमा ढल्यो । त्यो पर्खाल म भएको साईडमा ढलेको भए सायद मलाई चोटपटक लाग्न सक्थ्यो । त्यसपछि मलाई केही थाहा भएन ।म बेहाेस नै भएछु । भूकम्प अलि कम भए पछि मेरी आमा मलाई खाेज्दै  आउनुभएछ । म लडेको देखेर आमा रुनुभयो रे  । मलाई पानी खुवाउनुभयो रे । अनि एकैछिन पछि म उठेँ रे । पछि मलाई आमाले भन्नूभयो । बल्ल मलाई थाहा भयो  कि भूकम्प भनेको यस्तो पो हुँदाेरहेछ । त्यो रात हामी सबै परिवार बाहिर पाल टाँगेर सुत्यौँ ।त्यस सालकाे भूकम्पले नेपालमा धेरै नै धनजनकाे क्षति पुर्याएकाे थियाे ।