Logo

Student Corner

कोरोना

Written by: Ritvik Singh Bhandari - 31039, Grade III

Posted on: 07 December, 2021

काेराेना एउटा ठुलो महामारी रहेछ जुन रोग हरेक देशमा फैलिएको छ । यो भाइरसको बारेमा कसैलाई पनि धेरै थाहा छैन । यसलाई काेभिड-१९ काे नाम दिइएको छ । यो भाइरस चाइनाबाट फैलिएको थियो । यो भाइरस लागेपछि ज्वरो आउँछ । रुघाखोकी लाग्छ । जिउ दुख्छ । यस्ता लक्षण देखिने बित्तिकै हाम्रो शरीरको परीक्षण गर्नुपर्छ । यो रोग लागेपछि काराेना पाेजेटिभ भएकाे भनिन्छ । यो रोग लागेको छैन भने कोरोना नेगेटिभ भनिन्छ । यो रोग लाग्न नदिन माक्सको प्रयोग गर्नुपर्छ । साबुन पानीले हात धुनुपर्छ । घर बाहिर जानुहुँदैन ।  भिडभाडबाट टाढा बस्नुपर्छ ।