Logo

Student Corner

के जलविद्युत्‌ले नेपाललाई समृद्ध बनाउन सक्छ ?

Written by: Arya Tharu - 22006, Grade XII

Posted on: 06 December, 2021

हामी सबैलाई थाहा नै छ जलविद्युत् भनेको के हो । सायाद यसको बारेमा थाहा नहुने एकदमै कम वा गणना गर्न मिल्ने मात्र छन् होला । जलवविद्युत् र ऊर्जा दुवैका फरक फरक अर्थ छन् । सरल भाषामा भन्नुपर्दा जलवविद्युत् ऊर्जा भनेको पानी प्रयोग गरेर मेसिन चलाउनु हो र बिजुली उत्पादन गर्नु हो । यो गति ऊर्जालाई बिजुली ऊर्जामा रूपान्तरण गर्नु हो । यो एक प्रकारको नवीकरणीय ऊर्जा हो ।

छ न त हाम्रो देश एकदमै गरिब र सानो छ तर तथ्यले भन्छ हाम्रो देश विश्वकै जलस्रोतको दोस्रो धनी देश हो । ठुला ठुला हिमालका हिउँ पग्लिएर एकदमै धेरै रफ्तारमा बग्ने नदीहरूको कमी छैन हाम्रो नेपालमा । यस्ता नदीहरूबाट बिजुली उत्पादन गर्न एकदमै सजिलो हुन्छ । नेपालकाे अनुमानित कम्तीमा पनि ८०,००० मेगावाट बिजुली उत्पादन गर्ने क्षमता छ । मुख्य रूपमा बिजुली उत्पादन गर्नमा बाह्रैमास बग्ने नदीहरू कोसी, कर्णाली, गण्डकीको ठुलो योगदान रहेको छ । यदि नेपालमा अनुमानित बिजुली मात्र उत्पादन गर्न सके पनि अर्थतन्त्र बलियो हुने सम्भावना एकदमै धेरै छ तर अहिलेको समयमा पनि कतिपय दुर्गम ठाउँका मान्छेहरूलाई बिजुली भनेको कुरा थाहा छैन । राती हुनासाथ मानिसहरूको घरमा अन्धाकार छाउँछ । यो त दुर्गम ठाउँको कुरो भए पनि हामी राजधानीमा बस्ने मानिसले पनि बारम्बार बिजुली काटिइरहेको देख्न सक्छाैँ र दिनमा आठ दस घण्टा लोडसेडिङको अनुभव त हामीले गरेकै छौँ । यस्तो हर्कतले मानिसमा धेरै समस्या भएको देख्न सक्छौँ । झन् अहिलेको समयमा सबै काम अनलाइनमै हुने भएका कारण समस्याहरू बढी नै देखिन्छन् । कलकारखानामा पनि बिजुली नभएका कारण विभिन्न मेसिनहरू नचलेर काम नै ठप्प भएका समाचारहरू सुन्न सक्छौँ हामी । कति व्यक्तिहरूले छाक टार्न नसकेको व्यथा छुट्टै रहेको छ ।

यस्ता समस्याका मुख्य कारण उचित योजनाका साथ जलविद्युत् स्टेसन नचलाउनु र यसलाई विकास गर्न कुनै पनि नियम प्रयोग नगर्नु हुन सक्छन् । सरकारले पनि यस्ता पूर्वाधारमा लगानी तथा चासो नदेखाएर अनुकूल नीति नबनाएका कारण हामी पछाडि परेका हुन सक्छौँ । यस्ता सबै समस्याहरूलाई खोजेर र त्यसको समाधान खोजेर कार्यान्वयन गर्‍याैँ भने हाम्रो देश अवश्यै समृद्ध बन्न सक्छ ।