Logo

Student Corner

आमाको माया

Written by: Aayush Upadhayaya - 23005, Grade XI

Posted on: 06 December, 2021

नौ महिना त राख्याै आफ्नो कोखमा
अब बोकेकी छ्याै मलाई यो संसार देखाउने सपना 
पुरा गर्न खाेज्छ्याै मेरा सबै चाहना 
बिर्सेर सारा दुनियाँ, लागेकी छ्याै मेरै पछि, मेरी आमा ! 
कसले दिन सकोस् र मलाई तिमीले दिएको जति माया ?

अझै पनि तिम्रो चित्त बुझ्दैन, भन्छ्याै, ‘कहाँ दिन पाएकी छु र सोचेको जति सारा ?’ 
हाँसेरै माफ गरिदिन्छ्याै सबै गल्ती मेरा 
भन्छ्याै, ‘बाबु, याे पालि भइहाल्यो, अर्को पालिदेखि नगर ।’ 
दिनरात गर्छ्याै मेहेनत अनि भर्छ्याै मेरो पेट 
महसुस गराउँछ्याै अझै पनि हिँडिरहेकी छ्याै मेरै हात समाई, बनेर मेरो छाया
कसले दिन सकोस् र मलाई तिमीले दिएको जति माया ?

कहिलेकाहीँ आउँछ्याै, एक्कासि  हकार्छ्याै मलाई 
सुधार्नका निम्ति गल्ती सबै मेरा 
रिसाउँछु म पनि भन्छु, ‘धेरै नकराऊ मलाई ।’ 
अनि जान्छु म फन्किएर 
फेरि आउँछ्याै एकछिनमा 
भन्छ्याै, ‘नरिसा न बाबु !’ अनि  फकाउँछ्याै मलाई 
सुम्सुम्याउँछ्याै मेरो टाउको तिम्रो त्यो न्यानो हातले 
अनि पारिदिन्छ्याै मेरो निराश मनलाई एक उज्यालो दिनझैँ 
साँच्चै भगवान्‌कै रूप लिएर आएकी रहिछ्याै मेरी आमा !
कसले दिन सकोस् र मलाई तिमीले दिएको जति माया ?

उठ्छु म जहिले बिहान, देख्छु पीडा म तिम्रो त्यो मुहारमा 
सोच्छु, तिमीलाई दिन्छु सारा खुसी एक दिन
पुगेर कुनै मुकाममा 
खुसी हुने छौ एक दिन तिमी देखेर मलाई 
बिर्सेर गरेका जति सबै श्रमलाई  
तिम्रा सबै आशा पुरा गर्ने छु आमा !
कसले दिन सकोस् र मलाई तिमीले दिएको जति माया ?