Logo

Student Corner

पर्यावरणीय समस्या

Written by: Kriti Nepal - 24010, Grade X

Posted on: 06 December, 2021

पर्यावरण भनेको हाम्रो वरिपरि फैलिएको हावा पानीलगायतको समग्र वातावरण  हो । प्रकृति र पर्यावरण भनेको हामी मानवको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने विषय हो । अहिले विश्वव्यापीरूपमा बढ्दै गएको जनसङ्ख्याका कारण प्रकृति र पर्यावरण प्रदूषित बन्दै गइरहेको छ । प्रकृति र पर्यावरण प्रदूषित बन्दै जानुमा मानिसको नै ठुलो हात रहेको छ । अर्कोतिर प्रदूषणले सबै जीवित प्राणीहरूलाई नकारात्मक असर पुर्‍याइरहेको छ ।

प्रकृति प्रदूषित हुँदै जाँदा अहिले विश्वमा विभिन्न खालका परिवर्तनहरू देखा पर्दै गइरहेका छन् । यस्ता परिवर्तनले पृथ्वीका हरेक जीवित प्राणीमा कुनै न कुनै परिवर्तन देखा पर्दै गइरहेको छ । प्रकृतिलाई प्रदूषित हुनबाट मानिसले मात्र जोगाउन सक्छ । मानिसले प्राकृतिक स्रोत र साधनको जथाभावी प्रयोगले यो समस्या झन् झन् बढ्दै गइरहेको छ । मानिस आफ्नो व्यक्तिगत स्वार्थमा लिप्त हुँदा पर्यावरणीय समस्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । यसको मूल समस्या भनेको वातावरण प्रदूषण हो । बढ्दो जनसङ्ख्या वनविनाश कलकारखाना एवम् उद्योगबाट निस्कने धुँवा, गाडीबाट निस्कने धुँवा, आदि सबै मानिसका क्रियाकलापबाट सिर्जित समस्या हुन् । यस्ता समस्याबाट भूक्षय, बाढीपहिरो, अतिवृष्टि, अनावृष्टि जस्ता नकारात्मक परिणाम देखापर्दै गएका छन् । प्राकृतिक सुन्दरता हराउँदै गएको छ । पानीका मुहान सुक्दै गएका छन् । विभिन्न रोगका प्रकोप बढ्दै गईरहेका छन्  । जीवहरूको अस्तित्व सङ्कटमा पर्दै गईरहेको छ । 
पर्यावरणीय समस्या  मानिसकै कारण निम्तिएको समस्या हो  । यसको समाधानका लागि मानिस नै अग्रसर हुनुपर्छ । पर्यावरण दूषित हुनबाट जोगाउन विकासशील तथा विकासोन्मुख राष्ट्रहरूको गम्भीर ध्यान आकर्षण हुनु जुरुरी छ । यसका साथै जनस्तरमा चेतना फैलाएर स्वछ, सफा र हराभरा वातावरण बनाउन हामी जुट्नुपर्छ ।