Logo

Student Corner

वातावरण संरक्षण

Written by: Prabal Dawadi - 29020, Grade V

Posted on: 06 December, 2021

अहिले दिनदिनै वातावरण प्रदूषण बढ्दै गइरहेको छ । वायुप्रदूषण, जलप्रदूषण, ध्वनिप्रदूषण र माटोप्रदूषण आदिले गर्दा मानिसहरूलाई विभिन्न रोगहरू लाग्न थालेका छन्। त्यति मात्र होइन वातावरण प्रदूषणले जनावर र वनस्पतिलाई पनि नराम्रो असर परेको छ । यदि दिनदिनै यसरी नै प्रदूषण बढ्दै जाने हो भने प्राणीको अस्तित्वमा नै समस्या आउन सक्छल । त्यसैले समयमा नै वातावरण संरक्षण गर्नतर्फ लाग्नुपर्दछ। यसका लागि हामीले आफ्नो घरअगाडि र वरिपरि बोटबिरुवाहरू रोप्नुपर्दछ। सबैमा सचेतना जगाउनुपर्दछ। पुराना सवारी साधन चलाउन निषेध गर्नुपर्दछ। सबै मिलेर वातावरण संरक्षण गर्ने सम्बन्धी कार्यक्रम आयोजना गर्नुपर्दछ । वातावरण सफा भएमा मात्र हामी निरोगी हुन्छौ  । त्यसैले यो कुरामा सबैले विशेष ध्यान दिनुपर्दछ।