Logo

Student Corner

गाई

Written by: Saanvi Shrestha - 32015, Grade II

Posted on: 06 December, 2021

गाई घरपालुवा जनावर हो । गाईले दूध दिन्छ। गाईको गोबर राम्रो मल हो । गाई नेपालको राष्ट्रिय जनावर हो । गाईलाई लक्ष्मीको रूपमा मान्ने गर्दछन् । नेपालमा गाईतिहार मनाइन्छ । गाई  शाकाहारी जनावर हो । गाईका चारवटा खुट्टा हुन्छन् । गाईका दुईवटा आँखा हुन्छन् । यसका दुईवटा कान हुन्छन् । गाईको एउटा पुच्छर र टाउको हुन्छ । गाईको दुध मिठो र पोषिलो हुन्छ । गाईको बच्चालाई बाछाबाछी भनिन्छ ।