Logo

Student Corner

राम्रा बानीहरू

Written by: Aashutosh Basnet - 31005, Grade III

Posted on: 06 December, 2021

हामीसँग राम्रा र नराम्रा बानीहरू हुन्छन् । हामीले राम्रा बानीहरूलाई अगाडि बढाउनुपर्छ । हामीले दिनमा दुई पटक दाँत माझ्नुपर्छ । हामीले बेला बेलामा नङ र कपाल काट्नुपर्छ । हामीले दिनदिनै नुहाउनुपर्छ । घर बाहिरबाट आएपछि हात, मुख र खुट्टा धुनुपर्छ । गृहकार्य समयमै गर्नुपर्छ । ठुलाले भनेको कुरा मान्नुपर्छ । सानालाई माया  गर्नुपर्छ । हामीले फाेहाेर गरेका ठाउँहरूमा सफा गर्नुपर्छ । सफा गर्ने बानी गरेमा सबैले मन पराउँछन् । सफा वातावरण सबैलाई मन पर्छ ।