Logo

Student Corner

विश्व कप फुटबल २०२२: के रोनाल्डोले यस विश्व कपमा अन्तिम पटक खेल्न पाउँछन् ?

Written by: Aashutosh Pudasaini - 22002, Grade XII

Posted on: 03 December, 2021

आगामी वर्ष कतारमा विश्व कप २०२२ को आयोजना हुन गइरहेको छ । जुन ६, २०१९ बाट सुरु गरिएको प्रारम्भिक विश्व कप छनौट खेलका अधिकांश खेलहरू भइरहेका छन् । विश्व कप छनौटमा युरोपबाट तेह्र देश छानिने छन् । दक्षिण अमेरिकाबाट पाँच देशहरूले सहभागिता जनाउन पाउने छन् । उत्तर अमेरिकाबाट चार देश, अफ्रिकाबाट पाँच देश र एसियाबाटपाँच देशले भिडन्तमा सभागिता जनाउन पाउने छन् भने ओसियानाबाट एक देशले सहभागिता जनाउन पाउने छ ।

हरेक पटकझैँ यस पटक पनि हरेक महादेशमा बेग्ला बेग्लै समूह बनाइएको थियो र तिनीहरूबिच प्रतिस्पर्धा गराइएको थियो, जसमा युरोपेली देशहरूलाई १० समूहमा विभाजन गरी खेल खेलाइएको थियो । जसमा समूहमा प्रथम भएका राष्ट्र सिधै विश्वकपको लागि छनौट हुने गर्दछन् भने द्वितीय हुने राष्ट्रले प्ले अफ खेल्नुपर्ने हुन्छ । युरोपबाट विश्व कपमा छनौट भइसकेका मुलुकहरूमा जर्मनी, बेलायत, स्पेन, क्राेयसिया, नेदरल्यान्ड, डेनमार्क, बेल्जियम, फ्रान्स, स्विट्जरल्यान्ड र सर्बिया रहेका छन् । केही दिन अघिमात्र सर्बियाले पोर्चुगललाई अप्रत्यासित रूपमा पराजित गरेको थियो, जसले गर्दा पोर्चुगललाई विश्वकप प्रतियोगितामा स्थान बनाउन प्ले अफ जित्नुपर्ने हुन्छ । आफ्नाे समूहमा दोस्रो भएका टिमहरूलगायत रेटिङ हाई भएका दुईवटा राष्ट्रले पनि प्ले अफमा आफूलाई साबित गर्नुपर्ने हुन्छ । प्ले अफमा रहेका बाह्र टिममध्ये चार चार टिमकाे समूहमा विभाजन गरेर खेल खेलाइन्छ । जसले प्ले अफमा जित्छ, त्यो टिम नै छनौटमा पर्दछ ।

त्यसै गरी दक्षिण अमेरिकाको विश्व कप छनौट कनमेबोलले हेर्ने गरेको छ, जसमा दसवटा टिम रहेको समूह हुने गर्दछ । उत्कृट चारले चाहिँ प्रतियोगितमा सहभागिता जनाउन पाउने छन् । दक्षिण अमेरिकाबाट नेयमारको ब्राजिल र मेसीको अर्जेन्टिना छनाेट भइसकेका छन् । एसियाबाट हुने छनाेट खेलहरू भने खेल्न बाँकी रहेका छन् । उत्तर अमेरिकाबाट चाहिँ यु. एस. ए., मेक्सिको र क्यानाडा छनौट भइसकेका छन् । अफ्रिकाबाट पनि विश्व कपमा छनाेट हुने खेलहरू हुन बाँकी रहेका छन् । युरो पक जितेर आफूलाई साबित गरिसकेका पोर्चुगल र इटालीजस्ता देशलाई पनि यस पटकको विश्वमा कपमा आफूलाई सहभागी गराउन हम्मे हम्मे परिरहेको छ ।