Written by: Kirtan Poudyal - 23024, Grade XI
Posted on: 03 December, 2021
कुनै कुनै रात निद्रा लाग्दैन मलाई
भित्रबाट खान्छ मलाई मेरो भविष्यको सोचाइले
यता फर्किन्छु, उता फर्किन्छु, घोच्छ मलाई त्यसले
ओछ्यानले होइन मानिसको तिखाे बोलाइले ।
जब रातको अँध्यारोमा केही देखिन्न,
गर्न नसकेको कामको छविले पार्छ मेरो मन खिन्न
चारैतिर शान्त वातावरण हुन्छ,
कानमा नदी अफसोसको बग्छ ।
राम्ररी नकसिएको धाराबाट जब तप तप खस्छ पानी
नयनअगाडि आउँछन् मेरा नराम्रा आनीबानी
अनि भुक्छन् गल्लीका कुकुरहरू
झस्केर साेच्छु, अब त सोच्नुभन्दा सुत्छु बरु !
कम्बल ओढ्छु त्यो चिसो रातमा
तर न्यानो हुन्छु म मेरो सफलताको सपनीमा
त्यतिकैमा गुन्जिन्छन् मेरा प्रशंसाहरू कानमा
हरे ! मख्खै परेर फुल्छ मेरो नाक सानमा ।
सोचै सोचमा पुग्छु कहाँ कहाँ
अनि घडीको टिक टिक आवाज आउँछ त्यहाँ
समय बिस्तारै बितेको मलाई थाहा हुन्छ
त्यसपछि भन्छु आफूलाई, ‘अब त सुत बाबु ! भोलि चाँडै उठ्नु छ ।