Logo

Student Corner

स्वतन्त्र देश

Written by: Muskan Singh - 24003, Grade X

Posted on: 03 December, 2021

राजनैतिक सीमाले घेरिएको भू-भागको नाम नै देश हो । पूर्व, पश्चिम र दक्षिणमा भारत अनि उत्तरमा चीनले घेरिएको मेरो देश नेपाल सानो, स्वतन्त्र र सुन्दर छ ।  विश्वको सर्वोच्च शिखर सगरमाथाको नाम लिँदा मेरो गर्वले छाती चौडा हुन्छ। यस देशभित्र बस्ने सम्पूर्ण नागरिकहरू हामी नेपाली हौँ । विविधता बिचको एकताको  मुख्य पहिचान बनाएको मेरो देश साच्चिकै सुन्दरताको नमुना हो । 
नेपाल प्रकृतिले सिङ्गारिएको सुन्दर देश हो । हिमाल, पहाड र तराई रहेको मेरो देशलाई चिनाउने धेरै विशेषता छन् । नेपाल र तत्कालीन इस्ट इन्डिया कम्पनी (अङ्ग्रेज) बिच युद्ध हुँदा नेपालीले देखाएको वीरताले  वीर गोर्खालीको रूपमा विश्वमा चिनिएका यसै देशका सन्तान हुन् । अङ्ग्रेजहरूले नेपालको स्वतन्त्रतामा नै खलल पुयाउने गरी यो देशमाथि आक्रमण गर्दा नेपालीले देखाएको वीरता अद्वितीय छ । संसारका प्रायःजसो देशहरू अङ्ग्रेजको अधीनमा बस्नु परेको थियो तर आधुनिक हातहतियारविना अङ्ग्रेजसँग युद्ध गर्नु सामान्य कुरो होइन ।   
दक्षिण एसियाको हिमाली काखमा अवस्थित मेरो देश नेपालमा थुप्रै वीर पुरुषहरूले जन्म  लिए । तिनै वीर पुरुषले नेपाललाई अङ्ग्रेजको दास हुन दिएनन् । भीमसेन थापा, अमर सिंह थापा, बलभद्र कुँवर जस्ता वीर पुरुषहरूकै कारण आज हामी विश्वमाझ आफ्नो छाती चौडा पारेर हिँड्न सकेका छौँ ; आफ्नो शिर ठाडो पारेर नेपाली भन्न सकेका छौँ  र विश्वमा आफ्नो छुट्टै पहिचान बनाएका छौँ । 
बिस्तार बिस्तारै विकासको गतिमा लम्किएको यो देशमा नयाँ संविधान लागु भएपछि सबै नागरिकमा खुसी छाएको छ । सबै वर्ग,धर्म र सम्प्रदायलाई समेट्ने गरी बनाइएको संविधानमा सम्पूर्ण नेपालीका हक अधिकार समेटिएका छन् । सबै नेपाली मिलेर अब यो देशलाई सफलताको शिखरमा लैजानु छ । पूर्खाका पालादेखि नै स्वतन्त्र रहेको मेरो देश कहिले पनि कसैको अधीनमा नरहोस्।